Clickable Banner Ad

फिल्ममा फर्किए सुशांक, साइन गरे ‘जनै हराएको बाहुन’

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि चर्चामा छ । चैत अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अहिले पनि कास्टिङ जारी छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्नेछ । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र रेयर राई कलाकारको रुपमा अनुबन्धित छन् । यो लाइनअपमा राष्ट्रिय चलचित्र पुरस्कार … Read more

Loading

अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न इरानद्वारा अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले इरान वार्ताका विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने जानकारी दिँदै उनले केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए। ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ। राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले … Read more

Loading

एफए कपको सेमिफाइनल समीकरण पूरा,  सिटी र एस्टोन भिल्ला अन्तिम चारमा

dodhara chandani khabar

म्यानचेस्टर सिटी र एस्टोन भिल्लाले अन्तिम चारमा स्थान बनाएसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति भएको खेलमा म्याचेष्टर सिटीले बर्नमाउथमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। अर्को खेलमा एस्टोन भिल्लाले प्रिस्टोन नर्थ इण्डमाथि ३–० फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ। सिटीले अब एफए कपको फाइनलमा स्थान बनाउन नटिङ्घम … Read more

Loading

जोगबूढा र महाकाली नदीमा तटबन्ध निर्माण सुरु , स्थानीयलाई राहतको आशा

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा र महाकाली नदीमा तटबन्ध निर्माण गरिने भएको छ। बाढीले गर्ने कटान रोक्न जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले तटबन्ध निर्माणको प्रक्रिया अघि बढाएको हो। यस वर्ष करिब ६ सय मिटर तटबन्ध निर्माण गरिनेछ। जोशी बिल्डर्स कम्पनीका प्रबन्धक गणेश जोशीका अनुसार तटबन्ध निर्माण नदीको किनारमा जोगबूढा हुँदै महाकाली नदीसम्म पुग्ने गरी … Read more

Loading

नगर उपप्रमुख जोशीद्वारा दोधारा चाँदनी आरोग्य केन्द्रलाई आयुर्वेदिक औषधि सहयोग

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको नगर उपप्रमुख गंगा देवी जोशीले नागरिक आरोग्य सेवा केन्द्र, दोधारा चाँदनीलाई 84,२३1 रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधि सहयोग गरेकी छिन्। सोमबार एक कार्यक्रमबीच नगर उपप्रमुख जोशीले औषधिहरू हस्तान्तरण गरेकी हुन्। यस अवसरमा उनले स्वास्थ्य सेवा केन्द्रहरूलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आयुर्वेदिक उपचार पद्धति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता … Read more

Loading

कञ्चनपुरको बेलौरीमा पाटेबाघ नियन्त्रणमा

दोधारा-कञ्चनपुरको बेलौरी नगरपालिका-२, टेडुवा गाउँमा देखिएको भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टोलीले नियन्त्रणमा लिएको छ। कटैनी नाला नजिकै फेला परेको बाघलाई आइतबार दिउँसो २:३० बजे डाट (सुलाउने औषधि) गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो। गाईवस्तुमा आक्रमणपछि खोजीचैत १५ गते साँझ पाटेबाघले स्थानीय हरि प्रसाद चौधरीको गोठबाट बाच्छोलाई आक्रमण गरेको थियो। त्यसपछि नजिकैको विमला … Read more

Loading

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो। शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका … Read more

Loading

सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दिगो वन … Read more

Loading

दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बलद्वारा आगलागी सम्बन्धी सेमुलेसन अभ्यास सम्पन्न

कञ्चनपुर, – दोधारा चाँदनी नगरपालिकाको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा देवीस्थान गुल्मले आगलागी सम्बन्धी सेमुलेसन अभ्यास सम्पन्न गरेको छ। सो अभ्यासमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगादेवी जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष हरिसिंह धनाडी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा देवीस्थानका गुल्मपति (DSP) सन्तोष वीरसिंह मल्ल, सीमा … Read more

Loading

महाकाली पुलको तटबन्ध पुनर्निर्माणमा लापरबाही, स्थानीयको कडा विरोध

तमान सिङ्ग गुरुङ्ग — भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका बासिन्दाहरू तटबन्ध पुनर्निर्माणमा भएको ढिलाइप्रति आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। दोधारा चाँदनी जोड्ने चार लेनको महाकाली पुलको तटबन्ध महिनौँदेखि भत्किएको भए पनि पुनर्निर्माणमा चासो नदेखाइएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका हुन्। गत भदौ महिनामा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्ध भत्काएको थियो। पटक–पटक आग्रह गर्दा पनि … Read more

Loading