काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो। उपचारपछि उनी हङकङकै एक स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

देउवा ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।
पछिल्लो समय देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हङकङमा हिँडडुल गरिरहेको भिडियोसमेत सार्वजनिक हुँदै आएका छन्।



