दोधारा चाँदनी (कञ्चनपुर) । सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा अन्तर्गत इकाइगत साधारण सभा दोधारा चाँदनी सेवा केन्द्रमा सम्पन्न भएको छ।
२०८३ मंसिर ६ गते आयोजित सभाको अध्यक्षता सञ्चालक समिति सदस्य चेतराज भट्टले गर्नुभएको थियो। सभाका प्रमुख अतिथि सञ्चालक समिति सदस्य पुष्पराज भट्ट रहनुभएको थियो। कार्यक्रममा धर्मराज पाण्डेय, रमेश सुनार, रमेश दमाई र दिलबहादुर सिजाली अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन उद्घाटन ब्यानरमा हस्ताक्षर गरेर गरिएको थियो। कार्यक्रममा कर्मचारी निर्मला भट्ट अवस्थीले स्वागत मन्तव्य राख्नुभएको थियो।
सभामा उत्कृष्ट बचतकर्ताका रूपमा पुरन रावत र अर्जुन सिंह धामीलाई प्रमाणपत्र तथा पुरस्कारसहित सम्मान गरिएको थियो।
कार्यक्रममा सहकारीका वरिष्ठ अधिकृत जीवनबहादुर बमले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल वासलात ९० करोड रुपैयाँ पुगेको र ५६ लाख रुपैयाँ मुनाफा भएको जानकारी गराउनुभएको थियो।
त्यसैगरी, निर्णय प्रमाणीकरणका लागि प्रतिनिधि छनोट गर्ने क्रममा रमेश सुनारलाई चयन गरिएको थियो।
सभाको समापन भएको जानकारी संस्थाका दोधारा चाँदनी सेवा केन्द्र प्रमुख तीर्थबहादुर ऐरले दिनुभएको हो।
सृजनशील बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय शुक्लाफाँटा नगरपालिका–१०, झलारी, कञ्चनपुरमा रहेको छ।



