कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-१ खैराडी टोलबाट जुवाखेलिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार रातिको समयमा जुवाको खालमा छापा मार्दा १५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-७ निवासी नरेश राई रहेका छन्।
प्रहरीले घटनास्थलबाट १५ हजार रुपैयाँ नगदसहित ७ वटा मोटरसाइकल र १ वटा स्कुटर समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



