दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित स्व. फकिरे बुढा चौराहामा स्वर्गीय फकिरे बुढाको सालिक अनावरण गरिएको छ।
२०८३ असोज २९ गते आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय बेलबहादुर रानाले सालिक अनावरण गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता स्व. फकिरे बुढाका ज्येष्ठ सुपुत्र अमरबहादुर बुढाले गर्नुभएको थियो।

दोधारा चाँदनीको सुरुवाती बस्ती बस्न थालेदेखिनै स्व. फकिरे बुढाले समाजमा पुर्याउनुभएको योगदान तथा समाजको हितका लागि गर्नुभएका कामहरूको मूल्यांकन गर्दै उहाँको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले सालिक अनावरण गरिएको उहाँका ज्येष्ठ सुपुत्र अमरबहादुर बुढाले जानकारी दिनुभयो।
कार्यक्रममा नगर उपप्रमुख गंगा देवी जोशी, वडा नं. १० का अध्यक्ष चन्द्रबहादुर सिंह, वडा नं. ९ का अध्यक्ष गोपीलाल कँडेल, वडा नं. ६ का अध्यक्ष ओमप्रकाश रोकाया, नेपाली कांग्रेस प्रदेश सभा (ख) का सभापति सन्दिप बस्नेत, क्षेत्रीय प्रतिनिधि रामकृष्ण जोशी, शिक्षक धर्मराज पण्डित, राजिव खड्कालगायत जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सालिक स्थापनाले दोधारा चाँदनीको सामाजिक विकासमा योगदान पुर्याएका स्व. फकिरे बुढाको योगदान र स्मृतिलाई भावी पुस्तासम्म परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।



