ट्रेण्डिङ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सामाजिक सञ्जालमार्फत सहयोग गर्न खोजिरहेका नागरिक नक्कली क्यूआर (QR) कोडको ठगीमा पर्ने जोखिम बढेको छ। सर्वसाधारणले बाढीपीडितका लागि सहयोग गर्ने माध्यम खोजिरहेका बेला केही व्यक्तिले सरकारको आधिकारिक राहत कोषको पोस्टरबाट सक्कली क्यूआर कोड हटाई आफ्नो खाताको नक्कली क्यूआर कोड राखेर रकम संकलन गर्न थालेका हुन्।

दाताको सहयोग सही ठाउँमा पुगोस् र ठगीबाट जोगिन सकियोस् भन्ने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएका आधिकारिक ९ वटा बैंक खाता र क्यूआर कोडमार्फत मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढी तथा विपद् प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’मार्फत आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ। कार्यालयका अनुसार सरकारका तर्फबाट विभिन्न नौ वटा बैंकमा आधिकारिक खाता कायम गरिएका छन्। दाताले सामाजिक सञ्जालमा फैलिएका अनधिकृत क्यूआर कोडको भ्रममा नपरी ती आधिकारिक खाता वा क्यूआर कोडमार्फत मात्र आफ्नो सहयोग रकम जम्मा गर्न सक्नेछन्।

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढी आएलगत्तै प्रभावित क्षेत्रमा घाइते तथा अलपत्र परेकाको खोज र उद्धार कार्य जारी राखिनुका साथै सरकारले राहत वितरण कार्यलाई पनि अघि बढाएको छ।

यस परिस्थितिमा विभिन्न व्यक्ति र समूहले आफूखुसी रकम सङ्कलन गर्न थालेपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले एक विज्ञप्ति जारी गर्दै जथाभावी राहत रकम सङ्कलन नगर्न र नगराउन आग्रह गरेको छ। प्राधिकरणले नेपाल सरकारले आह्वान गरेबाहेक अन्य कुनै पनि संस्था वा व्यक्तिलाई आर्थिक सहयोग नगर्न सचेत गराउँदै अनाधिकृत रूपमा रकम उठाएको पाइएमा टेलिफोन नम्बर ०१-४२१११९७ मा सूचना दिनसमेत अपिल गरेको छ।

PM-qr-code – Google Drive

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech