कञ्चनपुर । कञ्चनपुर जिल्ला खेलकुद समिति पुनर्गठन गरिएको छ। पुनर्गठित समितिको अध्यक्षमा ज्ञानेन्द्र बहादुर सिंह चयन भएका छन्। नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्।
पुनर्गठित समितिको उपाध्यक्षमा विशाल पुन, कोषाध्यक्षमा राम बहादुर खड्का र सदस्य सचिवमा गोपाल दत्त भट्ट रहेका छन्।

त्यस्तै समितिको सदस्यमा दीपक चन्द ठकुरी, लोग बहादुर बुढा, अमृत कुमार विक, कुमारी मेनका सिंह, ईश्वरी थापा र अशोक बहादुर चन्द रहेका छन्।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले आज आयोजित कार्यक्रममा शपथ ग्रहण गर्दै जिल्लाको खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ समितिले कञ्चनपुरमा खेलकुदको विकाससँगै प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहन, विभिन्न खेलकुद प्रतियोगिताको सञ्चालन तथा खेलाडीलाई आवश्यक अवसर र वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पुनर्गठित समितिको नेतृत्वमा जिल्लाको खेलकुद क्षेत्रले थप गति लिने विश्वास गरिएको छ।



