कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापति पुरन कुमालले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ। काठमाडौँस्थित पार्टी कार्यालयमा भएको भेटमा दोधारा चाँदनी नगरपालिकाको वर्तमान राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी निर्वाचनका विषयमा छलफल भएको सभापति कुमालले बताउनुभएको छ।
भेटका क्रममा सभापति कुमालले दोधारा चाँदनी नगर क्षेत्रमा रास्वपाको संगठन विस्तार तथा पार्टी शुद्धीकरण अभियानलाई तीव्रता दिइरहेको जानकारी गराउनुभएको थियो। साथै, नगर क्षेत्रमा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउन सभापति रवि लामिछानेलाई दोधारा चाँदनी भ्रमणका लागि आमन्त्रणसमेत गरिएको कुमालले बताउनुभयो।

पार्टी सभापति लामिछानेले संगठन विस्तार तथा पार्टी शुद्धीकरण अभियानलाई तीव्रता दिएकोमा कुमालको प्रशंसा गर्दै आगामी स्थानीय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा रास्वपालाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ सक्रिय भएर काम गर्न निर्देशन दिनुभएको बताइएको छ।
भेटमा रास्वपा दोधारा चाँदनीका सभापति पुरन कुमालसँगै पार्टी केन्द्रीय सदस्य चन्द्रा ऐर (चाँदनी) को समेत सहभागिता रहेको थियो।



