ट्रेण्डिङ

कञ्चनपुर । दोधारा चाँदनीमा मोबाइल बैंकिङसँग सम्बन्धित घटनामा तीन जनाको बैंक खाताबाट लाखौँ रुपैयाँ हराएको दाबी गरिएको छ। पीडितहरूका अनुसार मोबाइलमा असामान्य गतिविधि देखिएपछि वा मोबाइल हराएको अवस्थामा समेत उनीहरूको बैंक खाताबाट रकम स्थानान्तरण भएको हो।

दोधारा चाँदनी नगरपालिका–६ का मानबहादुर सुनारका अनुसार उनको बैंक खाताबाट १ लाख ३१ हजार १ सय १० रुपैयाँ हराएको छ। सुनारले आफू भारतमा रहेका बेला ६ डिसेम्बर २०२५ मा मोबाइल हराएको र त्यसको भोलिपल्ट आफन्तमार्फत बैंकलाई मोबाइल हराएको जानकारी गराएको बताए।

बैंकलाई मोबाइल हराएको जानकारी गराइसकेको अवस्थामा समेत ७ डिसेम्बर २०२५ मा उनको खाताबाट ई–सेवा तथा प्रभु बैंकतर्फ रकम ट्रान्सफर भएको सुनारको भनाइ छ। मोबाइल हराएको जानकारी बैंकलाई दिइसकेको अवस्थामा रकम कसरी स्थानान्तरण भयो भन्ने विषयमा उनले प्रश्न उठाएका छन्।

त्यस्तै, दोधारा चाँदनी नगरपालिका–४ का रोसन घटालको खाताबाट १ लाख ८० हजार रुपैयाँ हराएको छ। घटालका अनुसार ११ अगस्ट २०२६ मा मोबाइलको स्क्रिन अचानक कालो भएको थियो। त्यसपछि मोबाइल आफैँ चल्न थालेजस्तो देखिएको र केही समयमै बैंक खाताबाट रकम हराएको उनले बताए।

घटालले घटनापछि बैंकलाई जानकारी गराउनुका साथै प्रहरीमा समेत उजुरी दिएको बताएका छन्।

यस्तै, Aarogya Medicare and Diagnostic Center Pvt. Ltd. का सञ्चालक दिनेश ठगुन्नाले पनि आफ्नो बैंक खाताबाट १ लाख ८३ हजार रुपैयाँ हराएको बताएका छन्।

ठगुन्नाका अनुसार मोबाइल चलाइरहेका बेला अचानक स्क्रिनमा कालो पर्दा देखिएको थियो। त्यसपछि मोबाइलमा एउटा सन्देश आएको र हेर्दाहेर्दै मोबाइल आफैँ चल्न थालेको उनले बताए। त्यसको केही समयपछि बैंक खाताबाट रकम हराएको उनको दाबी छ।

पीडित तीनै जनाको बैंक खाता दोधारा चाँदनीस्थित लक्ष्मी सनराइज बैंकको शाखासँग सम्बन्धित रहेको बताइएको छ।

बैंकको प्रतिक्रिया

लक्ष्मी सनराइज बैंक, दोधारा चाँदनी शाखाले मोबाइल बैंकिङ प्रयोगकर्ताको लापरबाही वा सुरक्षा सावधानीमा कमीका कारण पनि यस्ता घटना हुन सक्ने जनाएको छ। शाखाका अनुसार घटनाको प्रकृति तथा सम्बन्धित कारोबारबारे आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रतिक्रिया

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार घटनाबारे उजुरी प्राप्त भएको छ। प्रहरीले रकम कसरी, कुन माध्यमबाट र कसको खातामा स्थानान्तरण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

घटनामा मोबाइल बैंकिङ, डिजिटल भुक्तानी सेवा तथा बैंक खाताको सुरक्षा कसरी भंग भयो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिएको छ। पीडितहरूले भने आफूहरूले बैंकलाई समयमै जानकारी गराएको तथा घटनाको निष्पक्ष छानबिन गरी रकम फिर्ताका लागि पहल गरिदिन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech