ट्रेण्डिङ

दोधारा चाँदनी । जिल्ला समन्वय समिति कञ्चनपुरले स्थानीय तहको संख्या तथा सीमा हेरफेरबारे आ–आफ्ना पालिकामा छलफल गर्न आग्रह गरेपछि दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंहले आपत्ति जनाएका छन्।

सिंहले दोधारा चाँदनीको अस्तित्व र सीमाना कुनै पनि हालतमा हेरफेर गर्न नदिने बताएका छन्। उनले भने, “दोधारा चाँदनीले धेरै दुःख कष्ट सहेर यहाँसम्म पुर्‍याएको हो, यसको अस्तित्व मेटिन कदापि दिँदैनौँ।”

पालिकाले स्थानीयवासीको धारणा नबुझी एकलौटी निर्णय गर्न नहुने भन्दै उनले स्थानीयको राय लिएर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। स्थानीय सरकार यस विषयमा चुकेमा परिणाम नराम्रो हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

“म आफैँ स्थानीय सरकारको हिस्सा हुँ, तर दोधारा चाँदनीको सीमा हेरफेर गर्ने विषयको पक्षमा कदापि उभिँदिनँ,” सिंहले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech