ट्रेण्डिङ

भुपेन्द्र ओली
कञ्चनपुर, २१जेठ

छिमेकी मुलुक भारतमा कञ्चनपुरका दुई नेपाली नागरिकमाथि कुटपिट भएको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका १० प्रतिभाटोलका सन्दीप परियार र दिपिका परियारमाथि कुटपिट भएको हो । कुटपिटबाट सन्दीपको टाउको र दिपीकाको पेट सहितका शरिरमा चोट लागेको छ । गाँउमा पुगेपछि स्थानीय अस्पतालमा उनीहरुले उपचार गराएका थिए ।
सीमावर्ती भारतीय बजार घुम्न गएर घर फर्किने बेला नौजलिया क्षेत्रमा कुटपिट भएको उनीहरुले बताएका छन ।
भारतीय युवा समुहले नेपाली नागरिकलाई होच्याउन खोजेपछि दुई समुहविच वादविवादसंगै भारतीय समुहले कुटपिट गरेको घाईतेहरुको भनाई छ । घाईते सन्दीप परियारले भारतीय ५-७ युवाहरुको समुहले बहिनीलाई जिस्क्याउन थालेपछि यस्तो नगर्न आग्रह गरेपछि उनीहरुले आफुमाथि कुटपिट शुरु गरेको बताए ।
‘हामीहरुमाथि उनीहरु मात्रै होईन अरु गाँउले आएरपनि आक्र्रंमण गर्न थाले हामीले नेपालतिर भागेर ज्यान बचाए, ‘उनले भने, ‘भाग्नेक्रममा घटना स्थलमै तीन मोटरसाईकल थिए, दुई चिनेजानेकै भारतीयको सहयोगमा फिर्ता लियौँ, ‘उनले भने, ‘एक मोटरसाईकल तोडफोड गरेर ल्याउन सकेनौँ ।’
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले उक्त घटनाका विषयमा प्रशासनले सुरक्षा निकाय मार्फत बुझेर अघि बढ्ने बताए । सहायक प्रजिअ जोशीले घटनाको आधिकारिक प्रशासनमा नआएकाले बुझेर सोही अनुरुप समस्या समाधान तर्फ प्रशासनले अग्रसरता लिने बताए । पीडितदेखि स्थानीयले दोषिमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । प्रधानमन्त्री बालेन शाहले नेपाल भारतको सीमा विवादका विषयमा ससंसदमै राखेको धारणालाई लिएर भारतीयले नेपाली नागरिक हेप्न थालेको कतिपय स्थानीयले तर्क राखिरहेका छन । भने, कतिपयले भैपरि आउने घटना भएकाले सीमावर्ती दुवै देशका नेपाली नागरिकले आपसी मेलमिलापका माध्यमबाट विवाद निरुपण गर्नुपर्ने धारणा राखिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech