कञ्चनपुर । भीमदत्त नगरपालिका–११ वडा कार्यालयले शिशु स्याहार तथा अन्य खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शिशु स्याहार खर्चबापत रु. ३ हजार र अन्य खर्च सहयोगबापत रु. ६ हजार उपलब्ध गराउने जनाएको हो।

वडा समितिको निर्णयअनुसार उक्त सेवा लिन इच्छुक सम्बन्धित सेवाग्राहीलाई वडा कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न सूचित गरिएको छ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनामा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत बजेट व्यवस्था गरी सम्बन्धित सेवाग्राहीलाई सहयोग उपलब्ध गराउन लागिएको उल्लेख छ।



