ट्रेण्डिङ

ताजा अपडेट

महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ ले सामाजिक सुरक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले वडाभित्र रहेका एकल तथा विपन्न दलित समुदायका १८ परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । बुधबार आयोजित कार्यक्रममा वडाध्यक्ष सुशील भट्ट ले लाभग्राही परिवारलाई स्वास्थ्य बिमा कार्ड वितरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमले विपन्न परिवारलाई उपचार खर्चको भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकताका आधारमा यस्ता सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने बताए । स्वास्थ्य बिमामा आबद्ध भएपछि लाभग्राही परिवारले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाबाट तोकिएको सुविधाअनुसार उपचार सेवा लिन सक्नेछन् । स्वास्थ्य बिमा कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई आकस्मिक तथा नियमित उपचार सेवामा सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ । वडाले सामाजिक न्याय, समावेशिता र नागरिकको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राख्दै लक्षित वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । कार्यक्रममा लाभग्राही परिवारले वडाको पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न समुदायलाई ठूलो राहत पुग्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech