ट्रेण्डिङ

ताजा अपडेट

दोधारा चाँदनी, कञ्चनपुर। कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ओमकार आधारभूत विद्यालयलाई खानेपानी शुद्धीकरण (वाटर प्युरिफायर) मेसिन हस्तान्तरण गरेको छ।

बुधबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त मेसिन हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय दोधारा चाँदनीका प्रमुख जनक खनालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। उनले विद्यार्थीको स्वास्थ्य संरक्षणका लागि स्वच्छ खानेपानी अत्यावश्यक भएकाले विद्यालयलाई खानेपानी शुद्धीकरण मेसिन उपलब्ध गराइएको बताए। आगामी दिनमा पनि समुदायलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सुरक्षित र शुद्ध खानेपानी उपभोग गर्न सहज हुने विश्वास व्यक्त गरे।

कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech