दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोज क्षेत्रबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको करिब ४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट रामकृष्ण जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले डिजेल तथा विभिन्न किराना सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार भारतबाट भन्सार छली गरी ल्याइएको उक्त सामानको अनुमानित मूल्य करिब ४ लाख रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




