ट्रेण्डिङ

महेन्द्रनगर । जिल्ला क्रिकेट संघ कञ्चनपुरको अध्यक्षमा बिरेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन्।

बुधबार महेन्द्रनगरमा सम्पन्न संघको सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाले चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। अध्यक्ष चन्दको यो लगातार तेस्रो कार्यकाल हुनेछ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा विशाल सोनार र कोषाध्यक्षमा भुवनप्रसाद पन्त चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गणेश आग्री, नरेन्द्रराज भट्ट, ज्ञानेश्वरप्रसाद जोशी, विनोद क्षेत्री, निरज चन्द, बृजकिशोर चन्द, माया रावत साउँद, सुरेश भट्ट, दीपक चन्द, धिरेन्द्र चन्द र कमलेश कुमार कपाडी रहेका छन्।

सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाको प्रमुख अतिथिका रूपमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द सहभागी भएका थिए।

कार्यक्रममा संघका कार्यवाहक सचिव विशाल सोनारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संघका पूर्वअध्यक्ष दीपकराज चालिसेले स्वागत मन्तव्य राखेका थिए।

यस अवसरमा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउँद तथा पत्रकार महादेव अवस्थीलाई क्रिकेट क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech