Clickable Banner Ad

भानु बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र माग गर्दै विद्यार्थीहरूको ज्ञापन

भानु बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले २०८२ साल जेठ २ गते क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नै क्याम्पसलाई परीक्षा केन्द्र बनाउन माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने वार्षिक परीक्षाको परीक्षा केन्द्र श्सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर तोकिएपछि विद्यार्थीहरू असन्तुष्ट भएका हुन्। उनीहरूले टाढा रहेको परीक्षा केन्द्रमा पुग्न बिहानै उठ्नुपर्ने, यातायातको असहजता हुने … Read more

Loading

दोधारा चाँदनी–८ मा सम्पन्न IPM पाठशालाबाट कृषकहरू उत्साहित

कञ्चनपुर, जेठ ३ — कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा सञ्चालित एकता एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशालाको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिका–८, जकटोलमा आयोजना गरिएको कार्यक्रममा सहभागी कृषकहरूले १६ हप्ते व्यावहारिक तालिम सफलतापूर्वक सम्पन्न गरेका हुन्। एकता IPM कृषक समूहका अध्यक्ष टिका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख … Read more

Loading

फरवार्ड लघुवित्तको १२औं वार्षिक उत्सव दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न

कञ्चनपुर — फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक उत्सव शनिबार दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न गरेको छ। संस्थाको शाखा कार्यालय दोधारा चाँदनीले विविध कार्यक्रमहरूसहित उत्सव मनाएको हो। उत्सवमा संस्थासँग आबद्ध महिला सदस्यहरू, कर्मचारी तथा स्थानीय सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया, अनुभव आदानप्रदान तथा सांस्कृतिक र उत्सवमूलक गतिविधिहरू … Read more

Loading

उमेरले होइन, इच्छाशक्तिले जितिन्छ: ५२ वर्षमा कक्षा १ मा भर्ना भएकी वडासदस्य डल्लीदेवी

कञ्चनपुर — “पढ्नका लागि उमेर कहिल्यै तगारो हुँदैन” भन्ने उदाहरण प्रस्तुत गरेकी छन् कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भई पढ्न थालेकी डल्लीदेवी हाल वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन्। सानैदेखि विद्यालय जान चाहेको भए पनि पारिवारिक र सामाजिक जिम्मेवारीका कारण उनको … Read more

Loading

दोधारा चाँदनीमा ‘आधारभूत खोज तथा उद्धार तालिम’ सम्पन्न

— बाढी प्रभावित बस्तीका प्रतिनिधि, सुरक्षाकर्मी र समुदायस्तरका उद्धार टोलीको सहभागिता कञ्चनपुर, दोधारा चाँदनी — जलवायु उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकामा ‘आधारभूत खोज तथा उद्धार तालिम (Light Search and Rescue Training)’ सम्पन्न भएको छ। २०८२ साल बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सम्पन्न उक्त तालिम दोधारा चाँदनी नगरपालिकाको समन्वयमा नेपाल नेशनल सोसल … Read more

Loading

कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर, जेष्ट ०१ – कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई सरकारले ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। वैशाख २५ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार भीमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ८, ९, १० संकटग्रस्त क्षेत्र घोषित भएका हुन्। सञ्चार, सूचना तथा … Read more

Loading

सिमानाभित्र घर बनाउन खोज्दा भारतीय एसएसबीको हस्तक्षेप, भूमिराज बोर्डर आउट पोस्टका प्रहरी निरीक्षक अमित मल्लद्वारा पत्रकारलाई पनि अवरोध

दोधारा चाँदनी –कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–०१, पशुपति टोलमा नेपाली भूमिभित्र निर्माणाधीन घरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ। लालपुर्जाधारी लक्ष्मण दमाईले कित्ता नं. २९२५ मा सरकारी नक्साअनुसार जग्गा नापजाँच गराई घर निर्माण सुरु गरेका थिए। तर पछिल्ला तीन दिनदेखि भारतीय एसएसबीले “यो सिमानामा पर्छ” भन्दै निर्माण कार्य रोक्न दबाब दिँदै आएको उनको आरोप … Read more

Loading

मालिका आधारभूत विद्यालयको २९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

दोधारा चाँदनी, २०८२ वैशाख ३०दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित श्री मालिका आधारभूत विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८२ साल वैशाख २९ गते भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको स्थापना कालदेखि योगदान पुर्‍याउने संस्थापक सदस्य, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। विद्यालयको स्थापना २०५४ सालको स्थानीय तह निर्वाचनमा नेपाली … Read more

Loading

दोधारा चाँदनी नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द

कञ्चनपुर, बैशाख ३०स्थानीय तहको सेवा सञ्चालन, गठन र सेवाका शर्तसम्बन्धी कानुन निर्माणको मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूको दबाबका कारण दोधारा चाँदनी नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बैशाख ३० गते (२०८२/०१/३०) देखि बन्द गरिएको छ। सुदूरपश्चिम प्रदेश सभामा स्थानीय सेवा सम्बन्धी कानून विचाराधीन अवस्थामा रहेको र चाँडो पारित गराउन दबाब दिन कर्मचारीहरूले बैशाख १६ … Read more

Loading

दोधारा चाँदनीमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, बैशाख २७ – सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको संयोजनमा ‘ट्याक्टर बहस कार्यक्रम’ सम्पन्न गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको पहलमा नवप्रवर्तन गरिएको उक्त कार्यक्रम कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१, खैराडी टोलस्थित खेल मैदानमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष बिक्रम बहादुर चन्द प्रमुख … Read more

Loading