Clickable Banner Ad

भानु बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र माग गर्दै विद्यार्थीहरूको ज्ञापन

भानु बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले २०८२ साल जेठ २ गते क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नै क्याम्पसलाई परीक्षा केन्द्र बनाउन माग गरेका छन्।

Advertisement

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने वार्षिक परीक्षाको परीक्षा केन्द्र श्सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर तोकिएपछि विद्यार्थीहरू असन्तुष्ट भएका हुन्। उनीहरूले टाढा रहेको परीक्षा केन्द्रमा पुग्न बिहानै उठ्नुपर्ने, यातायातको असहजता हुने र त्यसले अध्ययन तथा स्वास्थ्यमा असर पार्ने भन्दै आपत्ति जनाएका छन्।

विद्यार्थीहरूले भनेका छन्, “हाम्रो अध्ययन भइरहेको भानु क्याम्पसमै परीक्षा केन्द्र बनाइदिए सहज हुन्थ्यो।”

ज्ञापनपत्रमार्फत उनीहरूले भानु बहुमुखी क्याम्पसलाई नै परीक्षा केन्द्र तोकिने वातावरण मिलाइदिन आग्रह गरेका छन्।

ज्ञापनमा ३५ जना विद्यार्थीहरूको हस्ताक्षर रहेको छ।

क्याम्पस प्रशासनले विद्यार्थीहरूको मागप्रति संवेदनशील भएर सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी भइरहेको जनाएको छ

Loading

Leave a Comment

Advertisement
Advertisement