Clickable Banner Ad

दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर वृद्धको मृत्यु

कञ्चनपुर, जेठ १६ । दोधारा चाँदनी नगरपालिका–१० शुर्खेती टोलका अन्दाजी ६४ वर्षीय टोप बहादुर थापाको महाकाली नदीमा डुबेर मृत्यु भएको छ।

Advertisement

स्थानीयका अनुसार थापा शनिबार माछा मार्न महाकाली नदीमा गएका थिए। सोही क्रममा नदीमा डुबेका उनको मृत्यु भएको हो।

मृतकको शव परीक्षणका लागि दोधारा चाँदनी नगर अस्पतालमा लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading

Advertisement
Advertisement