Clickable Banner Ad

कञ्चनपुरमा अनुदान वितरणमा पक्षपात भएको आरोप, सच्याउन CYON को चेतावनी

कञ्चनपुर । कम्युनिस्ट युवा संगठन नेपाल (CYON) कञ्चनपुर जिल्ला समितिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महेन्द्रनगरले वितरण गर्दै आएको अनुदानमा पक्षपात भएको आरोप लगाएको छ ।

Advertisement

संगठनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि राजनीतिक पहुँचका आधारमा अनुदान वितरण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा वास्तविक किसानहरू अनुदानबाट वञ्चित भइरहेको र सीमित व्यक्तिहरू मात्रै लाभान्वित भइरहेको उल्लेख गरिएको छ ।

CYON ले अनुदान वितरण प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै राज्यको सम्पत्तिको दुरुपयोग भइरहेको आरोप समेत लगाएको छ । संगठनका अनुसार अनुदानका नाममा हुने बेथिति तत्काल अन्त्य गरिनुपर्ने माग गरिएको छ ।

यदि यस्ता गतिविधि रोकिएन भने जनसंघर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि संगठनले दिएको छ । विज्ञप्तिमा CYON कञ्चनपुर जिल्ला समितिका अध्यक्ष अनमोल ठाकुरीको हस्ताक्षर रहेको छ ।

Loading

Advertisement
Advertisement