Clickable Banner Ad

कञ्चनपुरमा तेक्वान्दो खेललाई सशक्त बनाउने प्रतिबद्धतासहित सुजित श्रेष्ठ नेतृत्वको नयाँ समिति चयन

कञ्चनपुरमा ITF तेक्वान्दो महासंघ कञ्चनपुर को सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै अध्यक्ष पदमा सुजित श्रेष्ठ निर्वाचित भएका छन्।

Advertisement

अधिवेशन सौहार्दपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले नव–निर्वाचित नेतृत्वको कार्यकालमा जिल्लामा तेक्वान्दो खेललाई अझ व्यवस्थित, सशक्त र खेलाडीमैत्री बनाउने विश्वास व्यक्त गरेका छन्।

नव–निर्वाचित अध्यक्ष श्रेष्ठ कञ्चनपुर जिल्लामा सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक अभियानमा अग्रसर हुँदै अन्यायमा परेका व्यक्तिहरूको आवाज उठाउने कार्यमा समेत सक्रिय रहँदै आएका छन्।

वक्ताहरूले खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्ने अभियान तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै तेक्वान्दो खेलको प्रवर्द्धन, संगठन विस्तार र खेलाडीहरूको हकहित संरक्षणका लागि नयाँ नेतृत्वले सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

Loading

Advertisement
Advertisement