Clickable Banner Ad

नेपालमा अब चार दिनमा मनसुन: यस वर्ष सामान्यभन्दा बढी वर्षाको सम्भावना

काठमाडौं, जेठ १४ – विगतमा जेठ ३० गतेतिर नेपालको पूर्वी भागबाट मनसुनको आगमन हुने गरेको भए पनि यस वर्ष भने १३ दिन अगावै मानसुन नेपाल पस्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको … Read more

Loading

महाकालीमा गाइड बन्ड पुनःनिर्माणमा सेना खटियो, एक महिनाभित्र सक्ने लक्ष्य

कञ्चनपुर, जेठ १४ –महाकाली नदीको बाढीले गत वर्ष भत्काएको चार लेनको पक्की पुलको गाइड बन्ड पुनःनिर्माणको कार्य नेपाली सेनाले सुरु गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा संकटग्रस्त क्षेत्र घोषणा गरिएको सो स्थानमा मन्त्रिपरिषद्को निर्णयपछि नेपाली सेना परिचालन गरिएको हो। नेपाली सेनाले अहिले गाइड बन्डको पुनःनिर्माणसँगै महाकाली नदीलाई बीच भागतर्फ मोड्ने च्यानलाइजेसनको काम पनि तीव्र … Read more

Loading

अनाथ बालबालिकासँग स्थापना दिवसको खुसी साट्दै प्रेस युनियन

कञ्चनपुर, जेठ १३ – नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षिक सामग्री सहयोग गरेको छ। मंगलवार आयोजित कार्यक्रममा अनाथालयमा रहेका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिष भट्टले लोकतन्त्रवादी पत्रकारहरूको अगुवाइ संस्था नेपाल प्रेस युनियनले स्थापना … Read more

Loading

नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष रहेको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।  अध्यक्ष शेर्पाले बिहीबार उक्त दुई लाख रुपैयाँको बैंक चेक अच्युतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका छन्। … Read more

Loading

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृतमाथि कार्यकक्षमै कालोमसो

कञ्चनपुर, जेठ ९ — डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रामबिचारी ठाकुर कार्यकक्षमै कालोमसोको चपेटामा परेका छन्। बिहीबार अपराह्न तीन जनाको समूह वन कार्यालयमा प्रवेश गरी ठाकुरमाथि कालोमसो फालेर फरार भएका हुन्। वन अधिकृत ठाकुरका अनुसार ती तीन जना व्यक्ति सेवाग्राहीको रूपमा कार्यालयमा आएका थिए। उनीहरूले “खल्ला मसेट्टी सामुदायिक वनको मुद्दा के भयो?” भनेर सोधपुछ … Read more

Loading

दोधारा चाँदनीमा बेरुजुको फड्को: ३ करोड ८४ लाख बेरुजु, जवाफदेहितामा प्रश्न

कञ्चनपुर, जेठ ७ – महाकाली नदीपारि रहेको दोधारा चाँदनी नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ८४ लाख रुपैयाँ बेरुजु देखिएको छ। संघीयता यता विकासको आकांक्षासहित अघि बढिरहेको नगरमा यस्तो उच्च बेरुजुले नगरप्रशासनको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार, दोधारा चाँदनीमा ९९ करोड ४२ लाख रुपैयाँ लेखा परीक्षण … Read more

Loading

दोधारा चाँदनी नगरपालिका–३ का महिला चट्याङमा परि सामान्य घाइते

कंचनपुर — कंचनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा हिजो साँझ परेको हावाहुरी, असिनापानी र चट्याङका कारण एक महिला सामान्य घाइते भएकी छन्। ३५ वर्षीया चन्द्रा सुनार चट्याङ लागेर सामान्य रूपमा घाइते भएको जनाइएको छ। हाल उनको दोधारा चाँदनी नगर अस्पतालमा उपचार भइरहेको नगर अस्पतालका प्रमुख जीवन किरण स्नेहीले जानकारी दिनुभयो। हावाहुरी र चट्याङसँगै परेको असिनापानीले स्थानीय … Read more

Loading

दोधारा चाँदनीमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी प्रवोधिकरण कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, कञ्चनपुर — अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र नियमावली, २०७७ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यसहित दोधारा चाँदनी नगरपालिकामा एक दिने प्रविधिकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रमको सभाध्यक्ष सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशी रहनु भएको थियो। दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख गंगादेवी जोशी प्रमुख अतिथिका … Read more

Loading

नगर प्रमुख आवासमा गुणस्तरहीन ब्लोक फिर्ता, नयाँ गुणस्तरीय ब्लोक उपलब्ध गराउने आश्वासन

दोधारा चाँदनी: दोधारा चाँदनी नगरपालिकामा विपन्न वर्गका लागि निर्माण भइरहेका आवासहरू मध्ये दोधारा चाँदनी नगरपालिका–१० भिम बहादुर सुनारको घरमा प्रयोग गरिएको सिमेन्ट ब्लोकको गुणस्तर कमजोर भएको दोधारा चाँदनी खबरले समाचार (भिडियो सहित) सार्वजनिक भएपछि जनप्रतिनिधि र स्थानीयवासीहरूबीच चासो बढेको थियो। नगर प्रमुख किशोर लिम्बुले यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,“नगर प्रमुखको विपन्न आवास कार्यक्रम … Read more

Loading

दोधारा चाँदनीमा हिँसा पीडित महिलालाई संरक्षण गर्दै आएको संस्थालाई नगरपालिकाको सहयोग

कञ्चनपुर, दोधारा चाँदनी —महिलामाथि हुने हिंसा न्यूनीकरण तथा पीडितहरूको संरक्षणका लागि काम गर्दै आएको दिदीबहिनी संस्था नगरस्तरीय सेवा केन्द्र, दोधारा चाँदनीलाई दोधारा चाँदनी नगरपालिकाले राहत सामग्री प्रदान गरेको छ। २०८२ साल जेठ ५ गते नगर उपप्रमुखको कार्यकक्षमा आयोजित एक कार्यक्रममा नगर उपप्रमुख गंगा देवी जोशीले सेवा केन्द्रलाई ५ थान गद्दा, ५ थान कम्बल, ५ थान … Read more

Loading