Clickable Banner Ad

जनताको आवाज सुन्ने अवसर किन बन्द कोठामा मात्र?दोधारा चाँदनी नगरपालिकाका मेयरप्रति जनआक्रोश

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकामा हालै सम्पन्न एक कार्यक्रमपछि मेयरप्रति जनस्तरमा व्यापक असन्तुष्टि देखिएको छ। उक्त कार्यक्रममा मिडियालाई बोलाउनका लागि मेयरले आर्थिक लेनदेन गरेको/नगरेको विषयमा प्रश्न उठेको छ, र त्यहीँबाट जनप्रतिनिधि र जनताबीचको दूरी अझ स्पष्ट भएको देखिन्छ। कार्यक्रममा युवाहरू र सर्वसाधारणको आवाज सुन्ने अवसर दिनुको सट्टा, मेयरले आफैं मात्र बोलेकोप्रति आक्रोश पोखिँदै … Read more

Loading

स्ववियुको पहलमा भानु क्याम्पस र नगर सरसफाइ

कञ्चनपुर, जेठ २२ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भानु बहुमुखी क्याम्पसले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने नारासहित सम्पन्न सो कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा नेतृत्वमा सञ्चालन गरिएको हो। स्ववियु सभापति सुवास नेगीको नेतृत्वमा सम्पन्न सरसफाइ अभियानमा क्याम्पस परिसरसहित नगरका प्रमुख … Read more

Loading

विकास योजनाको बेवास्ता : दोधारा चाँदनी–१ वडा कार्यालयमा स्थानीयको तालाबन्दी

कञ्चनपुर, जेठ २२ — दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय बासिन्दाले मागअनुसारको विकास योजना पारित नगरिएको भन्दै बुधबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका छन्। विगत तीन वर्षदेखि ग्राभेल, कालोपत्रे र अन्य पूर्वाधार योजनाको माग गर्दै आएका वडावासीहरू वडा कार्यालयले निरन्तर बेवास्ता गर्दै आएको आरोप लगाउँदै आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडाध्यक्ष र … Read more

Loading

दोधारा चाँदनीमा लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, कञ्चनपुर —“त्यागौं लागू औषध, बचौं स्वस्थ जीवन” भन्ने नाराका साथ दोधारा चाँदनी नगरपालिका–२ मा लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दोधारा चाँदनी तेक्वान्दो डोजाङ्गको आयोजनामा सम्पन्न उक्त कार्यक्रम २०८२ सालको सुरुवातसँगै सचेतना अभिवृद्धिका दृष्टिले महत्त्वपूर्ण बन्यो। कार्यक्रमको उद्घाटन गर्दै सभापति तेजराज गिरीले युवा पुस्ता लागू औषधको … Read more

Loading

कञ्चनपुरको संघर्ष समितिबाट अलपत्र यात्रुहरूका लागि निःशुल्क भोजन सेवा

कञ्चनपुर, जेठ २०राइड सेयरिङ सेवाको विरोधमा कञ्चनपुरका सार्वजनिक यातायात व्यवसायीहरूको आह्वानमा अनिश्चितकालीन यातायात बन्द थियो। आन्दोलनरत संयुक्त संघर्ष समितिले अलपत्र परेका यात्रुहरुलाई लक्षित गर्दै कंचनपुरको बसपार्कमा निःशुल्क भोजन सेवा सुरु गरेको छ। “सार्वजनिक यातायात बचाउनका लागि संघर्ष” भन्ने नारासहितको आन्दोलनमा यात्रुहरू भोकै नपरोस् भन्ने उद्देश्यले यो सेवा प्रदान गरिएको हो। लामो दूरी पार गरेर नेपाल … Read more

Loading

राइड सेयरिङसम्बन्धी कानुनबारे विवाद: व्यवसायी र सरकारबीच सहमति

राइड सेयरिङलाई संघीयदेखि प्रदेश तहसम्म वैधानिक बनाउन थालिएको कानुनी प्रक्रिया विरुद्ध सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएपछि सरकार र व्यवसायीबीच सोमबार सहमति जुटेको छ। गण्डकी प्रदेश सरकारले पारित गरेको ‘राइड सेयरिङ नियमन तथा व्यवस्थापन नियमावली’ जेठ १ गतेदेखि कार्यान्वयनमा जान लागेकोमा त्यसविरुद्ध संघर्ष समितिले देशभर यातायात सेवा ठप्प पार्दै आन्दोलन थालेको थियो। आन्दोलनपछि गृह मन्त्रालयमा भएको … Read more

Loading

दोधारा चाँदनी–१० मा जग्गा नापजाँच कार्य पुनः सुरु

दोधारा चाँदनी, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० मा केही समयदेखि रोकिएको जग्गा नापजाँच कार्य आइतबारदेखि पुनः सुरु गरिएको छ। वडाध्यक्ष चन्द्रबहादुर सिंहका अनुसार नापजाँच कार्य सुन्दरनगरस्थित भैरव आधारभूत विद्यालयदेखि पूर्वतर्फ सुरु गरिएको हो, जहाँ हालसम्म आमोद बमोत गरिएका जग्गाधनीहरूको नापजाँच भइरहेको छ। अव्यवस्थित वसोवास गर्दै आएका स्थानीयवासीहरूलाई कानुनी रुपमा जग्गाको स्वामित्व दिलाउने … Read more

Loading

भानु बहुमुखी क्याम्पसमा जलवायु अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरु

दोधारा चाँदनी, कञ्चनपुर — जलवायु परिवर्तनका प्रभावबारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले तीन दिने कार्यशाला सुरु गरेको छ। कार्यशालाको आयोजना विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतको समता आधारित अनुदान (Equity Grant) को सहयोगमा गरिएको हो। कार्यशालाको उद्देश्यबारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव … Read more

Loading

दोधारा–चाँदनी सुक्खा बन्दरगाह र प्रसारण लाइन निर्माणका लागि बजेट सुनिश्चित

दोधारा चाँदनी, बैशाख १६ – संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा दोधारा–चाँदनी क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै दुई महत्वपूर्ण आयोजना अगाडि बढाउने घोषणा गरेको छ। बिहीबार संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट वक्तव्यमा सुक्खा बन्दरगाह निर्माण र दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि बजेट सुनिश्चित गरिएको हो। सुक्खा बन्दरगाह निर्माण: भारतसँगको व्यापार विस्तार र … Read more

Loading

गृहमन्त्री लेखकको स्पष्टिकरण : “भ्रम फैलाएर राजनीतिक लाभ लिन खोजिएको छ

काठमाडौं, जेठ १४ – भिजिट भिसा प्रकरणका सन्दर्भमा गृहमन्त्री रमेश लेखकले आफूमाथि सार्वजनिक रूपमै उठाइएको प्रश्नप्रति स्पष्टिकरण दिएका छन्। बुधबार पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले “गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको” भन्दै आम नागरिकसमेत सचेत रहनुपर्ने बताएका हुन्। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग … Read more

Loading