Clickable Banner Ad

कञ्चनपुरको संघर्ष समितिबाट अलपत्र यात्रुहरूका लागि निःशुल्क भोजन सेवा

कञ्चनपुर, जेठ २०
राइड सेयरिङ सेवाको विरोधमा कञ्चनपुरका सार्वजनिक यातायात व्यवसायीहरूको आह्वानमा अनिश्चितकालीन यातायात बन्द थियो। आन्दोलनरत संयुक्त संघर्ष समितिले अलपत्र परेका यात्रुहरुलाई लक्षित गर्दै कंचनपुरको बसपार्कमा निःशुल्क भोजन सेवा सुरु गरेको छ।

Advertisement

“सार्वजनिक यातायात बचाउनका लागि संघर्ष” भन्ने नारासहितको आन्दोलनमा यात्रुहरू भोकै नपरोस् भन्ने उद्देश्यले यो सेवा प्रदान गरिएको हो। लामो दूरी पार गरेर नेपाल प्रवेश गर्ने यात्रुहरूका लागि यो भोजन राहतको रूपमा देखिएको छ। समितिका अनुसार, सरकार राइड सेयरिङ सेवालाई नीति र योजनाविना प्रोत्साहन दिँदै व्यवसायी र चालकहरूको रोजगारीमा संकट ल्याइरहेको छ।

कार्यक्रम अन्तर्गत दैनिक सयौं यात्रुलाई भात, तरकारीजस्ता परिकार खुवाइँदैछ। सेवामा स्थानीय स्वयंसेवक, यातायात व्यवसायी र सामाजिक अभियन्ताहरूको सक्रियता देखिएको छ।

भारतको बनबसा हुँदै नेपाल आएका एक यात्रु रामसिंह रावल भन्छन्, “ट्रान्सपोर्ट बन्दले झन्झट त दिएको छ, तर खाना पाउनु ठूलो राहत हो।”

Loading

Leave a Comment

Advertisement
Advertisement