Clickable Banner Ad

दोधारा चाँदनी नगरपालिका–३ का महिला चट्याङमा परि सामान्य घाइते

कंचनपुर — कंचनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा हिजो साँझ परेको हावाहुरी, असिनापानी र चट्याङका कारण एक महिला सामान्य घाइते भएकी छन्।

Advertisement

३५ वर्षीया चन्द्रा सुनार चट्याङ लागेर सामान्य रूपमा घाइते भएको जनाइएको छ। हाल उनको दोधारा चाँदनी नगर अस्पतालमा उपचार भइरहेको नगर अस्पतालका प्रमुख जीवन किरण स्नेहीले जानकारी दिनुभयो।

हावाहुरी र चट्याङसँगै परेको असिनापानीले स्थानीय क्षेत्रमा केही भौतिक क्षति पनि पुर्‍याएको बताइएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement