Clickable Banner Ad

जोगबुडा नदीले नयाँ बनेको बाँध भत्कियो, तरुण दल पुग्यो १८ बस्ती

दोधारा चाँदनी, १८ भदौ – दोधारा चाँदनी नगरपालिका–१० को १८ नम्बर पिल्लर बस्तीमा जोगबुडा नदीले तीन महिना अघि मात्रै निर्माण भएको बाँध भत्काएपछि नेपाल तरुण दल दोधारा चाँदनी नगर समितिले सरकारलाई दबाब दिएको छ। नगर सभापति सन्दीप काजी बस्नेतले भने, “निर्माण भएको तीन महिना नपुग्दै बाँध टुट्नु भनेको स्थानीय सरकारको स्पष्ट लापरबाही हो।” उक्त बस्तीका … Read more

Loading

सुन्दरनगरका बाढीपीडितको आक्रोश: राहत हैन, स्थायी बाँध चाहिन्छ

भुपेन्द्र ओली – अविरल वर्षासँगै जोगबुढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। हालसम्म करिब १५७ परिवार प्रभावित भएका छन्। दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका स्थानीय बासिन्दाले हरेक वर्ष बाढीका कारण घर, खेतबारी र पूर्वाधारमा ठूलो क्षति हुँदै आएको उल्लेख गर्दै केवल अस्थायी राहत वितरणमा सीमित रहने प्रथाले समस्या झन् बढाएको … Read more

Loading

दोधारा चाँदनीमा रतुवा मासु सहित एक जना पक्राउ

दोधारा चाँदनी, कञ्चनपुर – भदौ १७ गते इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा दोधारा चाँदनी नगरपालिका–०२ का ५६ वर्षीय व्यक्तिलाई खेतबारीमा लुकाइ–छिपाइ राखेको जंगली जनावर रतुवाको मासु सहित नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको मासु र व्यक्तिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउ बुझाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading

अविरल वर्षाले दोधारा चाँदनीका १५७ परिवार प्रभावित

दोधारा चाँदनी, १७ भदौ – अविरल वर्षासँगै जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख अमृत बि.क.का अनुसार हालसम्म करिब १५७ परिवार प्रभावित भएका छन्। नगरपालिका–३ पटरा खल्ला टोलमा नदीको पानी पस्दा २४ परिवारका ५० जना विस्थापित भएका छन्। उनीहरूलाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको … Read more

Loading

दोधारा चाँदनीमा अविरल वर्षाले बस्ती डुबान, २०–२५ घरपरिवार जनज्योति विद्यालयमा सुरक्षित स्थानान्तरण

दोधारा चाँदनी नगरपालिका–८ र ७ मा जरका टोलमा अविरल वर्षाले प्रभावित २०–२५ घरपरिवार जनज्योति विद्यालयमा सुरक्षित स्थानान्तरण दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–८ मा तीन दिनदेखिको लगातार वर्षाले बस्ती डुबानमा परेपछि स्थानीय २० देखि २५ घरपरिवारलाई नजिकै रहेको जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ। सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरका अनुसार प्रभावित … Read more

Loading

दोधारा चाँदनी–८ ले उत्कृष्ट विद्यार्थीलाई नगद सम्मान गर्दै भविष्यमा निरन्तरता दिने घोषणा

दोधारा चाँदनी नगरपालिका–८ मा रहेको जनज्योती माध्यमिक विद्यालय, देउरालीघाट कञ्चनपुरका यस वर्ष ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई वडा कार्यालयले सम्मान गरेको छ। वडा कार्यालयले प्रत्येक विद्यार्थीलाई नगद रु ५,००० प्रदान गर्दै प्रोत्साहन गरेको हो। साथै आगामी शैक्षिक सत्रमा पनि ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई यसैगरी सम्मान गर्ने प्रतिवद्धता जनाइएको छ। वडा अध्यक्ष ओमप्रकाश रोकायाले विद्यार्थीहरूको … Read more

Loading

दोधारा चाँदनीमा वर्डफ्लु नियन्त्रण सचेतना, सीमामा निगरानी कडाइको निर्देशन

कञ्चनपुर, भाद्र १४ – भारतसँगको सीमा क्षेत्रमा बर्डफ्लु (H5N1) संक्रमणको जोखिम बढेसँगै दोधारा चाँदनी नगरपालिकामा वर्डफ्लु रोग नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी एकदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नगर प्रमुख किशोर कुमार लिम्बु, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा कुखुरा … Read more

Loading

दोधारा चाँदनीमा दुई घण्टे धर्ना र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न

कञ्चनपुर, भाद्र १३ – नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको सर्कुलर बमोजिम पहिलो चरणको कार्यक्रम अन्तर्गत ७५३ पालिकामा सञ्चालन हुने दुई घण्टे धर्ना कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको कार्यालय अगाडि धर्ना सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघ दोधारा चाँदनी नगर अध्यक्ष उदय बहादुर रावतका अनुसार, सरकारसँग भएका पुराना सहमति कार्यान्वयन नगरेको आरोपसहित ध्यानाकर्षण पत्र बुझाउँदै … Read more

Loading

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं कार्य समिति निर्वाचनमा चन्द्र सिंह बिष्टको उम्मेदवारी

कञ्चनपुर — निर्माण व्यवसायी संघ कञ्चनपुरको यही भाद्र २१ गते हुन गइरहेको १५औं कार्य समितिको निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्य पदमा उम्मेदवार बनेका छन्। दोधारा चाँदनी नगरपालिका स्थित नागार्जुन बिल्डर्सबाट उम्मेदवारी दिएका बिष्ट सफल व्यवसायी मात्र नभई समाजसेवी पनि हुन्। बिष्टले आफ्नो सामाजिक योगदानका रूपमा विभिन्न जिम्मेवारी बहन गरेका छन्। २०६१ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष … Read more

Loading

दोधारा चाँदनीमा प्रशासकीय प्रमुख फेरबदल

दोधारा चाँदनी, १३ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको सरुवा निर्णय अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रशासकीय प्रमुख फेरबदल भएको छ। यसअघि दोधारा चाँदनी नगरपालिकाको प्रशासकीय प्रमुखमा गणेश दत्त मिश्र प्रमुख कार्यरत थिए। मन्त्रालयले मिति २०८२ भदौ १२ गतेको निर्णयअनुसार उपसचिव खेमराज खत्रीलाई नयाँ प्रशासकीय प्रमुखका रूपमा खटाएको छ। यससँगै कञ्चनपुर जिल्लामै … Read more

Loading