दोधारा चाँदनी, १३ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको सरुवा निर्णय अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रशासकीय प्रमुख फेरबदल भएको छ।
यसअघि दोधारा चाँदनी नगरपालिकाको प्रशासकीय प्रमुखमा गणेश दत्त मिश्र प्रमुख कार्यरत थिए। मन्त्रालयले मिति २०८२ भदौ १२ गतेको निर्णयअनुसार उपसचिव खेमराज खत्रीलाई नयाँ प्रशासकीय प्रमुखका रूपमा खटाएको छ।
यससँगै कञ्चनपुर जिल्लामै रहेका बेलौरी नगरपालिकामा पनि उपसचिव रमेश बहादुर बुडाथोकी सरुवा भएका छन्।
मन्त्रालयले उक्त निर्णयमार्फत देशभरका विभिन्न स्थानीय तहमा जम्मा १२२ जना उपसचिव वा सो सरहका अधिकृतहरूलाई सरुवा गरी खटाएको हो।

![]()