Clickable Banner Ad

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं कार्य समिति निर्वाचनमा चन्द्र सिंह बिष्टको उम्मेदवारी

कञ्चनपुर — निर्माण व्यवसायी संघ कञ्चनपुरको यही भाद्र २१ गते हुन गइरहेको १५औं कार्य समितिको निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्य पदमा उम्मेदवार बनेका छन्। दोधारा चाँदनी नगरपालिका स्थित नागार्जुन बिल्डर्सबाट उम्मेदवारी दिएका बिष्ट सफल व्यवसायी मात्र नभई समाजसेवी पनि हुन्।

Advertisement

बिष्टले आफ्नो सामाजिक योगदानका रूपमा विभिन्न जिम्मेवारी बहन गरेका छन्। २०६१ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष अन्तर्गत तत्कालीन चाँदनी गाविसबाट हिमालय उपभोक्ता समितिको सचिवका रूपमा पाँच वर्ष सेवा गरे। २०६२/०६३ सालको जनआन्दोलनमा तत्कालीन चाँदनी गाविसबाट जनआन्दोलन परिचालन समितिको सह-संयोजक रहँदै सक्रिय भूमिका खेलेका उनले सोही क्रममा प्रहरीको कुटाइबाट घाइते समेत भएका थिए।

त्यस्तै, २०७३ सालमा भानु बहुमुखी क्याम्पसद्वारा सञ्चालित धनधान्याञ्चल ज्ञान महायज्ञको उपाध्यक्षका रूपमा तथा सोही क्याम्पस निर्माण समितिको अध्यक्षका रूपमा भौतिक संरचना निर्माणमा नेतृत्व दिएका थिए। सोही वर्षदेखि उनले नागार्जुन बिल्डर्सको व्यवस्थापन सम्हाल्दै आएका छन्।

बिष्टको निर्माण क्षेत्रमा गरेको योगदानलाई भीमदत्त नगरपालिका–५ कार्यालयले समेत सम्मान गरेको छ। नगरपालिकाले सडक विस्तार कार्य गुणस्तरीय र समयमा सम्पन्न गरेको भन्दै उनलाई प्रशंसा पत्र प्रदान गरेको थियो।

Loading

Advertisement
Advertisement