दोधारा चाँदनी, १८ भदौ – दोधारा चाँदनी नगरपालिका–१० को १८ नम्बर पिल्लर बस्तीमा जोगबुडा नदीले तीन महिना अघि मात्रै निर्माण भएको बाँध भत्काएपछि नेपाल तरुण दल दोधारा चाँदनी नगर समितिले सरकारलाई दबाब दिएको छ।
नगर सभापति सन्दीप काजी बस्नेतले भने, “निर्माण भएको तीन महिना नपुग्दै बाँध टुट्नु भनेको स्थानीय सरकारको स्पष्ट लापरबाही हो।”
उक्त बस्तीका स्थानीय बासिन्दाले पनि असन्तुष्टि जनाएका छन्। उनीहरूले भने, “ठेकेदार आयो, आफ्नो मनमर्जीले काम गर्यो, स्थानीय सरकारले चासो दिएन, हाम्रो कुरा सुनिएन। नतिजा आज सबैले देख्यौं।”
बाँध भत्किएपछि बस्ती डुबानको जोखिममा परेका कारण स्थानीय स्तरमा त्रास फैलिएको छ।
![]()