कञ्चनपुर, – प्रदेशको अग्रणी सहकारी संस्था मध्ये एक, प्रधान कार्यालय भीमदत्तमा रहेको र ६ शाखा मार्फत सेवा विस्तार गरिरहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोधारा र ब्रह्मदेव शाखाको इकाईगत साधारणसभा भव्यतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धनाथ मन्दिर ब्रह्मदेवका अध्यक्ष केशव सिंह नायक, अतिथि डा. गोविन्द सिंह धामी, र कार्यक्रम सञ्चालक तथा प्रशासन अधिकृत डम्मरनाथ रहेका थिए।
साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष रघुनाथ ओझाले गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा सहकारीको तेज गतिमा बढिरहेको वित्तीय अवस्था, सदस्य संख्या वृद्धि, लगानी विस्तार र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू उल्लेख गरियो।
स्वागत मन्तव्य दोधारा सेवा केन्द्र प्रमुख टेकेन्द्र जोशी र ब्रह्मदेव सेवा केन्द्र प्रमुख अन्जु भण्डारीले प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिनुका साथै पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्य प्रष्ट पारियो।
मेगा बचत तथा ऋण सहकारी संस्था हाल ६ वटा शाखा मार्फत ग्रामीणदेखि शहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आएको छ। संस्थाले विगत वर्षमा मात्र सदस्यहरूको बचतमा उल्लेखनीय वृद्धि, सहुलियतपूर्ण ऋण सुविधा र समुदायमैत्री योजनाहरू कार्यान्वयन गरेको छ।
कार्यक्रमको समापन प्रशासन अधिकृत डम्मरनाथले गरेका थिए।
![]()