Clickable Banner Ad

दोधारा चाँदनीबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

दोधारा चाँदनी नगरपालिका–९ ढकना घाट क्षेत्रबाट भारतीय नम्बर प्लेटको चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। DL3S DU6059 नम्बरको उक्त मोटरसाइकल विशेष सुराकीको आधारमा साधा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading

तीजको अवसरमा दोधारा चाँदनीमा विपद् पूर्वतयारी जनचेतना

दोधारा चाँदनी – महिलाहरूको महान् पर्व हरितालिका तीज २०८२ को अवसरमा दोधारा चाँदनी नगरपालिकाले NNSWA र DCA Nepal सँगको सहकार्यमा विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। तीजको भीडभाड र मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्, विशेष गरी बाढी र डुवानबाट जनधनको क्षति कम गर्ने उद्देश्यले नगर क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डहरू राखिएको जनाइएको छ। … Read more

Loading

भारतबाट बर्ड फ्लुको खतरा : नेल्टाका अध्यक्ष भट्टले कृषकलाई सचेत रहन गरे आग्रह

कञ्चनपुर – नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोविन्द भट्टले भारतीय सीमा नजिकका जिल्लामा फैलिएको बर्ड फ्लु (H5N1) नेपाल प्रवेश रोक्न विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। भारतीय पत्रिका अमर उजाला का अनुसार उत्तराखण्डको बागेश्वर र उधमसिंह नगर जिल्लामा बर्ड फ्लु फैलिएको छ। यस अवस्थाले नेपालमा पनि जोखिम बढाएको भन्दै अध्यक्ष भट्टले … Read more

Loading

सैपाल ग्यास प्रा.लि.को आयोजनामा कालिका र चाँदनीमा तीज विशेष मेहेन्दी कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, ९ भदौ ।तीजको अवसरमा दोधारा चाँदनी नगरपालिकामा सोमबार तीज विशेष निःशुल्क मेहेन्दी कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाकी उपप्रमुख गङ्गा जोशीले आफ्नै हातमा मेहेन्दी लगाएर कार्यक्रमको उद्घाटन गर्नुभयो। सैपाल ग्यास प्रा.लि., गोदावरी कैलालीको आयोजनामा र रावत ग्यास एजेन्सी (कालिका बजार–९), जय हमशेखर ट्रेडर्स (गार्डेनचोक–६, हेल्थ पोस्ट) र श्री बोहरा ट्रेडर्स (बाबाथान बजार–७) को सहकार्यमा … Read more

Loading

दोधारा चाँदनीको पुनः कमजोर नतिजा : सुधार कहिले?

कञ्चनपुर – कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका यसपटक पनि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा ८० अंक पार गर्न असफल भएको छ। जिल्लाका अधिकांश स्थानीय तहले सन्तोषजनक नतिजा ल्याउँदा दोधारा चाँदनी र कृष्णपुर नगरपालिका भने कमजोर सूचीमै सीमित रहनु परेको छ। ताजा विवरणअनुसार, बेदकोट र बेलौरी नगरपालिकाले समान ८२.५० अंक ल्याएर अग्रस्थान ओगटेका छन्। बेलडाँडी … Read more

Loading

दोधारा चाँदनी नगरपालिका–३ मा सडक सरसफाइ अभियान सम्पन्न, दुर्घटना न्यूनिकरणमा जोड

दोधारा —दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गत देविस्थानदेखि जमुना आधारभूत विद्यालय जाने मुख्य सडकमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। वार्ड अध्यक्ष हरिश सिंह धनाडीको नेतृत्वमा आयोजित कार्यक्रममा वडा सदस्य दिपक महता, स्थानीय बासिन्दा, युवाहरू र देविस्थान ब्यारेकका सशस्त्र प्रहरी बलका जवानहरू उत्साहपूर्वक सहभागी भएका थिए। सहभागीहरूले सडक छेउका झाडी तथा फोहोर हटाउँदै सडकलाई सफा र व्यवस्थित … Read more

Loading

भारतमा बर्डफ्लु पुष्टि, नेपालमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । भारतको प्रतिष्ठित समाचार संस्था अमर उजाला का अनुसार, उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगर जिल्लामा Highly Pathogenic Avian Influenza (H5N1) अर्थात् बर्डफ्लु रोगको संक्रमण पुष्टि भएको छ। सीमावर्ती क्षेत्र भएकाले यस रोगको जोखिम नेपालमा समेत बढ्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्। चोरीछिपी भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिने सम्भावना रहेकाले विशेष … Read more

Loading

तीन वर्षमै सबैलाई पुर्जा दिने लक्ष्य, दोधारा चाँदनीबाट आयोगको अभियान अघि बढ्दै

दोधारा चाँदनी, भाद्र ५ – भुमि समस्या समाधान आयोग कंचनपुरको प्राविधिक टोलीले बिहीबार दोधारा चाँदनी नगरपालिकामा भुमिसम्बन्धी कार्यको निरीक्षण गरेको छ। करिब तीन महिना अगाडि सुरु भएको नापजाँच तथा पुर्जा वितरण कार्यको प्रगति र गुणस्तर मूल्याङ्कन गर्न टोली यहाँ पुगेको हो। निरीक्षण टोलीमा आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त, कञ्चनपुर नापी कार्यालयका निमित्त प्रमुख दिजै … Read more

Loading

उपप्रमुख जोशी :गाउँकै समस्या गाउँमै समाधान हाम्रो लक्ष्य

कञ्चनपुर,कञ्चनपुरको बेतकोट नगरपालिकाको न्यायक समितिमा पछिल्ला तीन आर्थिक वर्षमा जम्मा २९१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा विवाद समाधान भइसकेका छन् भने ७१ वटा अझै प्रक्रियामा रहेको समितिका संयोजक तथा नगर उपप्रमुख तुलसी जोशीले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका २८ मध्ये २५ मुद्दा फर्छ्यौट भए। त्यस्तै २०८०/८१ मा दर्ता १२२ … Read more

Loading

रास्वपा दोधारा चाँदनीमा संगठन विस्तारतर्फ, वडा–१ मा नयाँ नेतृत्व चयन:नरेन्द्र प्रसाद भट्टको अध्यक्षता

दोधारा चाँदनी, भदौ ३– राष्ट्रिय स्वतन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका–१ मा वडा समिति गठन गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा नरेन्द्र प्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरिएको हो। समिति गठन कार्यक्रममा नगर अध्यक्ष पुरन कुमालसहित करिब ६० जनाको उपस्थिति थियो। नयाँ नेतृत्व चयन गर्दै अध्यक्ष कुमालले आगामी दिनमा नगरपालिकाका सबै १० वडामा समिति … Read more

Loading