Clickable Banner Ad

दोधारा चाँदनी नगर अस्पतालमा सरसफाइ अभियान, नयाँ प्रशासन प्रमुखको सक्रियता

दोधारा चाँदनी, साउन १दोधारा चाँदनी नगर अस्पतालमा आइतबार सरसफाइ अभियान सञ्चालन गरिएको छ। अस्पतालमा हालै मात्र नियुक्त भएका प्रशासन प्रमुख राजु गुरुङको नेतृत्वमा सम्पन्न अभियानमा सम्पूर्ण स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। अभियान अन्तर्गत अस्पतालको आपतकालीन कक्ष, ओपीडी, वार्ड, प्रयोगशाला, फार्मेसीदेखि बाह्य प्रांगणसम्म सरसफाइ गरिएको थियो। सरसफाइले अस्पताललाई स्वच्छ र सेवाग्राहीमैत्री … Read more

Loading

दोधारा चाँदनी अस्पतालले इच्छुक रक्तदाता दर्ता गर्न आह्वान

दोधारा चाँदनी, साउन २ – दोधारा चाँदनी अस्पताल, कञ्चनपुरले आपतकालीन अवस्थामा रक्त आवश्यक पर्ने बिरामीहरूको जीवनरक्षाका लागि इच्छुक रक्तदाताहरू दर्ता गर्न आह्वान गरेको छ। अस्पतालका अनुसार इच्छुक व्यक्तिहरूले आफ्नो नाम, सम्पर्क नम्बर, रक्त समूह र फोटो सहितको विवरण प्रशासन शाखामा बुझाउन सक्नेछन्। अस्पतालले संकलित विवरणको आधारमा आकस्मिक अवस्थामा रक्तदान गर्न सहज हुने जनाएको छ। अस्पतालका … Read more

Loading

सडक सुधार अभियानमा तरुण दल, नगर उप–प्रमुखदेखि नेविसंघसम्मको सहभागिता

दोधारा चाँदनी, साउन ३१ – नेपाल तरुण दल दोधारा चाँदनी नगर समितिले शनिबार सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विशेष सरसफाइ तथा सुधार अभियान सम्पन्न गरेको छ। अभियान अन्तर्गत वडा नं. १० देखि झोलुङ्गे पुलसम्मको मुख्य सडकमा रहेका खाल्डाखुल्डीमा सिमेन्ट हालेर पुर्ने, चौराहाहरूको झाडी सफा गर्ने र चोक तथा मोडहरूमा रेडियम लगाउने कार्य गरिएको हो। नगर … Read more

Loading

गरिब तथा विपन्न विद्यार्थीलाई लक्षित गर्दै रामलिला कार्यक्रम सञ्चालन हुने

दोधारा चाँदनी नगरपालिका–७ बाबाथानमा बिगत लामो समयदेखि ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको रामलिला कार्यक्रमलाई यस वर्ष (२०८२) अझ सुदृढ, सभ्य र भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन तथा संकलित आयबाट श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न र आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूको पढ्ने–लेख्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित “अक्षय कोष” निर्माण … Read more

Loading

दोधारा चाँदनीमा सुदूरपश्चिमेली संस्कृति संरक्षणबारे अन्तरक्रिया

दोधारा-दोधारा चाँदनी नगरपालिका–२ को आयोजनामा सुदूरपश्चिमेली मौलिक संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण, प्रवर्द्धन तथा जगेर्ना गर्ने उद्देश्यले शुक्रबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष पदम सिंह रावलको अध्यक्षता, नगर प्रमुख किशोर कुमार लिम्बको प्रमुख आतिथ्य, नगर उपप्रमुख गंगा देवी जोशी र सुदूरपश्चिमेली सांस्कृतिक सर्जक कलसा … Read more

Loading

प्याब्सन र एनप्याब्सनको नेतृत्वमा दोधारा चाँदनीमा ज्ञापनपत्र बुझाइयो

दोधारा, देशभरका पालिकाहरूमा ज्ञापनपत्र बुझाउने राष्ट्रिय अभियानअन्तर्गत प्याब्सन र एनप्याब्सनले आज दोधारा चाँदनी नगरपालिकामा पनि कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्याब्सनका नगर प्रतिनिधि भोजराज अवस्थी र एनप्याब्सनका प्रतिनिधि रघु बीर जोशीको नेतृत्वमा भएको कार्यक्रममा नगरपालिकाका सम्पूर्ण निजी विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा नगरपालिका प्रमुख,उप-प्रमुख तथा शिक्षा शाखा प्रमुखसमक्ष संयुक्त ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा शिक्षामा निजी क्षेत्रको योगदानलाई औपचारिक … Read more

Loading

दोधारा चाँदनीको कञ्चनभोजमा चितुवा देखियो, स्थानीय त्रासमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोज क्षेत्रमा चितुवा देखिएको दाबी गरिएको छ। स्थानीयवासी हिरालाल थापाले बुधबार राति चितुवा देखेर भिडियोसमेत खिचेका थिए, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसले स्थानीयमा त्रास फैलाएको छ। चितुवा देखिएको सूचना पाएलगत्तै बिहीबार बिहान सुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली खोरसहित तीनवटा हात्ती लिएर उक्त क्षेत्रमा पुगेको थियो। खोजीमा ड्रोनसमेत प्रयोग गरिएको … Read more

Loading

दोधारा चाँदनीमा फुटबल प्रतियोगिता सम्पन्न, जय गुरुदेवको विजय

दोधारा चाँदनी, साउन १७ गतेदेखि सन्सारी माइ मध्यवर्ती सामुदायिक समितिको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिता आज लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भयो। बुधवार भएको फाइनल खेलमा जय गुरुदेवले एपीएफ अत्तरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। खेलमा जय गुरुदेवले निर्धारित समयमै ३ गोल गर्न सफल भएको थियो भने एपीएफ अत्तरियाले २ गोल फर्काएको थियो। … Read more

Loading

महाकाली नदीमा बेवारिसे शव फेला

दोधारा– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ दाराताल नजिकै महाकाली नदीमा मंगलबार दिउँसो एक बेवारिसे शव फेला परेको छ। वडा नं–४ का अध्यक्ष भक्त बहादुर सुनारका अनुसार आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य भइरहेको बेला उक्त शव फेला परेको हो। शवको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले … Read more

Loading

पूर्व गृहमन्त्री श्रेष्ठद्वारा दोधारा चाँदनी सुख्खा बन्दरगाह र कुतियाकबर क्षेत्र स्थल अनुगमन

दोधारा चाँदनी — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज दोधारा चाँदनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह र वडा नम्बर १०, कुतियाकबर क्षेत्रको स्थल अनुगमन गरेका छन्। अनुगमनका क्रममा उहाँसँग स्थानीय प्रतिनिधि, पार्टी कार्यकर्ता र व्यापारी तथा कृषकहरू सहभागी थिए। श्रेष्ठले परियोजनाको सम्भाव्यता, आवश्यक पूर्वाधार, र यसले स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावबारे प्रत्यक्ष जानकारी लिएका … Read more

Loading