Clickable Banner Ad

दोधारा चाँदनी नगर अस्पतालमा सरसफाइ अभियान, नयाँ प्रशासन प्रमुखको सक्रियता

दोधारा चाँदनी, साउन १
दोधारा चाँदनी नगर अस्पतालमा आइतबार सरसफाइ अभियान सञ्चालन गरिएको छ। अस्पतालमा हालै मात्र नियुक्त भएका प्रशासन प्रमुख राजु गुरुङको नेतृत्वमा सम्पन्न अभियानमा सम्पूर्ण स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

Advertisement

अभियान अन्तर्गत अस्पतालको आपतकालीन कक्ष, ओपीडी, वार्ड, प्रयोगशाला, फार्मेसीदेखि बाह्य प्रांगणसम्म सरसफाइ गरिएको थियो। सरसफाइले अस्पताललाई स्वच्छ र सेवाग्राहीमैत्री बनाउन योगदान पुर्याउने सहभागीहरूले बताएका छन्।

लामो समयपछि सक्रियता

नगर अस्पताल लामो समयसम्म प्रशासन प्रमुखविहीन रहँदै आएको थियो। एक साताअघि मात्र राजु गुरुङ प्रमुखको रूपमा नियुक्त भएपछि अस्पताल व्यवस्थापन र भौतिक सुधारमा सक्रियता देखिएको हो। गुरुङले पदभार सम्हालेसँगै सरसफाइ अभियानलाई पहिलो प्राथमिकता दिएका छन्।

Loading

Advertisement
Advertisement