Clickable Banner Ad

सुदूरपश्चिम पर्यटन महोत्सव कञ्चनपुरमा, भारत र नेपालका सयौं पर्यटन व्यवसायीको सहभागिता

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले कञ्चनपुरमा बैशाख २६ देखि २९ गतेसम्म सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव (Far West Tourism Mart) आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको २६ लाख ६० हजार र भीमदत्त नगरपालिकाको ५ लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवमा भारत र नेपालका पर्यटन व्यवसायी, ट्राभल … Read more

Loading

दोधारा चाँदनी–८ मा चित्तल नियन्त्रण, निकुञ्जमा सुरक्षित लगियो

दोधारा चाँदनी नगरपालिका–८, गैराबारी टोलमा शनिबार बिहान वन क्षेत्रबाट भागेर आएको चित्तल (वन्यजन्तु) स्थानीय युवाहरूको सक्रियतामा सुरक्षित रूपमा नियन्त्रणमा ल्याइएको छ। वडा नं. ८ का सदस्य भरत नेपालीको अगुवाइमा अरुण बुढा मगरसहित टोलका युवाहरूले चित्तललाई कुनै क्षति हुन नदिई नियन्त्रणमा लिई राष्ट्रिय शुक्लाफाँटा निकुञ्जका सम्बन्धित अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए। निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेपछि … Read more

Loading

भाइरल बन्दै महाकाली पुल, दोधारा चाँदनीको नयाँ परिचय (फोटोहरु सहित)

कञ्चनपुर — दोधारा चाँदनी स्थित महाकाली नदीमाथि निर्माण गरिएको चार लेनको भव्य पक्की पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।सुन्दर संरचना र अनौठो भव्यता बोकेको यो पुलले महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण काम मात्र गरेको छैन, यो आफैँमा एक आकर्षक पर्यटकीय स्थल पनि बनेको छ। 📸 यहाँ हेर्नुहोस्, महाकाली नदीमाथिको … Read more

Loading

सर्वोच्चको आदेश : आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र कक्षा फर्कन निर्देशन

काठमाडौं, वैशाख ११ – विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षण कार्यमा फर्कन निर्देशन दिएको छ। अदालतले विद्यार्थीको पढाइमा परेको असरलाई गम्भीर रूपमा लिँदै यो आदेश जारी गरेको हो। सर्वोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेशमा शिक्षकहरूलाई अविलम्ब पठनपाठनमा फर्कन भनिएको छ। साथै, सरकारले शिक्षकहरूको जायज माग सम्बोधन गर्न पहल गर्नुपर्ने … Read more

Loading

शिक्षित मेयरपछि पनि शून्य नतिजा: शिक्षा संकटमा

— दरबन्दी मिलानको नारा र चरम नतिजाबीचको विरोधाभास दोधारा चाँदनी, कञ्चनपुर | बैशाख ११, २०८२ शिक्षा क्षेत्र सुधारको नारा सहित निर्वाचित भएका दोधारा चाँदनी नगरपालिकाका शिक्षित मेयरप्रति नगरवासीहरूले ठूलो आशा राखेका थिए। “दरबन्दी मिलान गर्दा गुणस्तर वृद्धि हुन्छ” भन्ने नगरपालिकाको घोषणा अझै जनताको स्मरणमा ताजै छ। तर हालै सार्वजनिक भएको कक्षा ८ को वार्षिक परीक्षाको … Read more

Loading

गरिबी, असफलता र संघर्ष पार गर्दै सफलता चुमेका दिवाकर भट्ट

एक समय SLC मा असफल भएका दिवाकर भट्टले पाँच पटक लोकसेवा परीक्षा पास गरी हाल कर्मचारी सञ्चय कोषको पाँचौं तहमा कार्यरत छन्। आर्थिक रुपमा कमजोर परिवारमा हुर्किएका भट्टको यो यात्रा संघर्ष, प्रतिबद्धता र प्रेरणाको अद्वितीय मिसाल बनेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ निवासी दिवाकर भट्ट सामुदायिक विद्यालयमा अध्ययन गर्दै हुर्किएका थिए। प्रारम्भिक शिक्षा श्री कालिका … Read more

Loading

दोधारा चाँदनीमा कक्षा ८ को परिक्षामा ९१० मध्ये ७२५ विद्यार्थी अनुत्तीर्ण

३ विद्यालयमा शून्य नतिजा, स्थानीय आक्रोशित दोधारा चाँदनी नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कूल ९१० विद्यार्थीमध्ये ८६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा जम्मा १८५ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। बाँकी ७२५ विद्यार्थी अनुत्तीर्ण भएका छन्। मुख्य तथ्याङ्क: उत्तीर्ण संख्या: १८५ अनुत्तीर्ण संख्या: ७२५ उत्तीर्ण प्रतिशत: करिब … Read more

Loading

कञ्चनपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

वैशाख १० कञ्चनपुर जिल्लामा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिका–३ मा तीन वर्ष लामो प्रेमसम्बन्धपछि एक समलिङ्गी जोडीले कानुनी रूपमा विवाह दर्ता गराएका हुन्। सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी रूपमा मान्यता दिन आदेश दिएको भए पनि व्यवहारमा धेरै ठाउँमा दर्ता प्रक्रिया सहज छैन। यस्ता परिस्थितिमा कञ्चनपुरको यो पहललाई समावेशी अधिकारप्रतिको महत्वपूर्ण कदमको रूपमा … Read more

Loading

महाकाली प्रादेशिक अस्पतालको फेसबुक पेजबाट विवादास्पद पोस्ट, प्रशासनद्वारा खण्डनसहित माफी

कञ्चनपुर, वैशाख ९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सार्वजनिक गरिएको एक विवादास्पद पोस्टले सामाजिक सञ्जालमा व्यापक चासो र आलोचना बटुलेको छ। निजी विद्यालयका आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीलाई धेरैले अस्पताल जस्तो सरकारी संस्थाबाट गरिएको अभिव्यक्तिको रूपमा लिएर आपत्ति जनाएका थिए। उक्त पोस्ट सार्वजनिक भएपछि अस्पताल प्रशासनले आज एक विज्ञप्ति … Read more

Loading

शिक्षक आन्दोलनकै बीच कक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने

वैशाख ०९ – शिक्षा ऐन संशोधनको मागसहित देशभरका शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला कक्षा १२ को वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई शिक्षक नपरे निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको बैठकमा सहभागी अधिकांश सदस्यहरूले निजामती … Read more

Loading