ट्रेण्डिङ

कञ्चनपुर – सामाजिक अन्याय, अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश र बढ्दो भ्रष्टाचारविरुद्ध कञ्चनपुरमा आज Gen Z (सन १९९७ देखि २०१२ बीच जन्मिएका युवापुस्तालाई जनाउने शब्द) ले नेतृत्व गरेको विरोध प्रदर्शन सम्पन्न भएको छ। प्रदर्शनमा सयौं विद्यार्थी, युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

प्रदर्शनकारीहरूले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै विरोध जनाए। उनीहरूले “जनताको मुख बन्द गरिन्छ? अभिव्यक्ति दबिँदैन!”, “Facebook–Whatsapp खोल्न दे!”, “विपिन जोशीलाई तुरुन्त रिहा गर!”, “निर्मलालाई न्याय चाहिन्छ!” र “भ्रष्टाचार हटाऊ – देश बचाऊ!” जस्ता नारा लगाउँदै आक्रोश पोखेका थिए।

उक्त समूहले नगरपालिका कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि प्रदर्शन गर्दै शासनप्रति असन्तुष्टि प्रकट गर्‍यो।

सन् २०१८ मा भएको निर्मला पन्त बलात्कार र हत्या प्रकरण अझैसम्म समाधान नभएको र दोषी कारबाहीविहीन रहनु अन्यायको पराकाष्ठा भएको उनीहरूको आरोप छ। दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिइएको छ।

भ्रष्टाचार र अकर्मण्यताप्रति समेत सहभागीहरूले कडा असन्तुष्टि व्यक्त गरे। स्थानीयदेखि संघीय तहसम्म बजेट दुरुपयोग र जनप्रतिनिधिहरूको गैरजिम्मेवारीपनाले जनतामा आक्रोश चुलिएको उनीहरूको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech