ट्रेण्डिङ

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो।

शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका थिए, जसका कारण उनको मृत्यु भएको थियो। सोही आन्दोलनका क्रममा कान्तिपुर, अन्नपूर्ण पोस्ट लगायतका मिडिया हाउसहरूमा समेत तोडफोड गरिएको थियो।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकारमाथि गरिएको आक्रमण र हत्याको घोर भर्त्सना गर्दै दोषीलाई अविलम्ब कानूनी कारबाही गर्न माग गरेको छ। महासंघका प्रतिनिधिहरूले स्वतन्त्र पत्रकारितामाथि हमला हुनु लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्।

महेन्द्रनगर बजार परिक्रमा गरेको विरोध र्‍याली मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा पत्रकार महासंघका नेताहरूले निष्पक्ष पत्रकारितामा धावा बोल्ने कार्य अस्वीकार्य भएको भन्दै कडा कदम चाल्न सरकारलाई चेतावनी दिए।

नेपाल पत्रकार महासंघले देशभर पत्रकार सुरक्षाका लागि थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech