ट्रेण्डिङ

कञ्चनपुर – निर्माण व्यवसायी संघ कञ्चनपुरको यही भाद्र २१ गते हुने १५औं कार्य समितिको निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्य पदका उम्मेदवार बनेका छन्। दोधारा चाँदनी नगरपालिका–स्थित नागार्जुन बिल्डर्सका संस्थापक बिष्ट सफल निर्माण व्यवसायी मात्र नभई समाजसेवी र साहसी नेता पनि मानिन्छन्।

दोधारा चाँदनी तथा महाकालीपारी क्षेत्रबाट एक्ला उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै छन् ।

बिष्ट व्यवसायीका हकहितको पक्षमा सदैव अग्रपंक्तिमा देखिँदै आएका छन्। योजना सम्पन्न भइसकेका तर भुक्तानी नपाएका व्यवसायीका पक्षमा तालाबन्दी आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी नियमसंगत र सहि कुरा अघि सार्न कहिल्यै पछि नहट्ने साहसी व्यक्तित्वको रूपमा परिचित छन्।

उनका मुख्य एजेन्डा यसप्रकार छन्:

  • आयोजना म्यादमा एकरूपता र सुधार।
  • अग्रिम भुक्तानीमा सबै कार्यालयमा समान नीति।
  • निर्माण स्थलमा तेस्रो पक्षको हस्तक्षेप रोकथाम र कानुनी सुरक्षा।

त्यसैबीच, अध्यक्ष पदका उम्मेदवार निरन्जन भट्टले भने, “हाम्रो प्यानलको जित्ने सम्भावना बढी छ र सबै निर्माण व्यवसायीहरूले हाम्रो प्यानललाई रुचाएका छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech