ट्रेण्डिङ

कञ्चनपुर, भाद्र १३ – नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको सर्कुलर बमोजिम पहिलो चरणको कार्यक्रम अन्तर्गत ७५३ पालिकामा सञ्चालन हुने दुई घण्टे धर्ना कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको कार्यालय अगाडि धर्ना सम्पन्न भएको छ।

नेपाल शिक्षक महासंघ दोधारा चाँदनी नगर अध्यक्ष उदय बहादुर रावतका अनुसार, सरकारसँग भएका पुराना सहमति कार्यान्वयन नगरेको आरोपसहित ध्यानाकर्षण पत्र बुझाउँदै धर्ना कार्यक्रम सञ्चालन गरिएको हो।

महासंघले २०७५, २०७८, २०८० र २०८१ सालमा आन्दोलन गर्दै सरकारसँग सहमति गरेको भए पनि तीमध्ये अधिकांश माग बेवास्ता भएको भन्दै पुनः आन्दोलन चर्काएको हो। विद्यालय शिक्षक सेवा, सुविधा, समायोजन प्रक्रिया, तलब र सेवाको सुनिश्चितता, बाल विकास शिक्षकको पद र सेवा सुरक्षा, नयाँ नियुक्ति प्रणाली लगायतका विषयमा सहमति विपरीत व्यवस्था गरिएको महासंघको आरोप छ।

२०७८ साल असार १५ गते विद्यालय शिक्षा विधेयकलाई प्रतिनिधि सभाबाट पारित गर्दा पनि सहमतिअनुरूप संशोधन नगरी सरकार मौन बसेको भन्दै महासंघ आक्रोशित बनेको छ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ दोधारा चाँदनी नगर अध्यक्ष उदय बहादुर रावत, नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर कार्यवाहक अध्यक्ष तथा नेपाल शिक्षक महासंघ पदेन सदस्य राजेश सुनार, नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला सदस्य इन्द्र बहादुर कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन दोधारा चाँदनी नगर कार्य समिति अध्यक्ष चन्द्र देव पन्त, एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कार्य समिति अध्यक्ष लिला राम गिरि, चन्द्र बहादुर खड्का (नेपाल शिक्षक महासंघ दोधारा चाँदनी नगर सह–सचिव), मदन राज कलौनी (नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर सह–सचिव), टंक लाल जोशी (नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति सदस्य) लगायतको टोली उपस्थित थियो।

महासंघका स्थानीय प्रतिनिधिहरूले तत्काल सहमति कार्यान्वयन नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्। हाल पहिलो चरणमा प्रचार–प्रसारमूलक कार्यक्रम अघि बढाइएको र आवश्यक परे दीर्घकालीन आन्दोलन सञ्चालन गरिने पनि उनीहरूले बताएका छन्।

नेपाल शिक्षक महासंघले सरकारलाई विद्यालय शिक्षा विधेयक संशोधनसहित सहमति कार्यान्वयन गर्न र शिक्षक–कर्मचारीको अधिकार सुनिश्चित गर्न माग गर्दै सबै शिक्षकहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech