ट्रेण्डिङ

दोधारा —दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गत देविस्थानदेखि जमुना आधारभूत विद्यालय जाने मुख्य सडकमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। वार्ड अध्यक्ष हरिश सिंह धनाडीको नेतृत्वमा आयोजित कार्यक्रममा वडा सदस्य दिपक महता, स्थानीय बासिन्दा, युवाहरू र देविस्थान ब्यारेकका सशस्त्र प्रहरी बलका जवानहरू उत्साहपूर्वक सहभागी भएका थिए।

सहभागीहरूले सडक छेउका झाडी तथा फोहोर हटाउँदै सडकलाई सफा र व्यवस्थित बनाए। अध्यक्ष धनाडीले सरसफाइमा सक्रिय सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले गाउँमा सभ्यता, एकता र जिम्मेवारीबोधको सन्देश दिने बताए।

सरसफाइ अभियानका अभियन्ता देवेन्द्र भण्डारीले भने, “हामीले ‘आफ्नो गाउँ–ठाउँ आफैं सफा गरौं’ भन्ने विशेष अभियानअन्तर्गत आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यौं। यसले गाउँको सुन्दरता मात्र होइन, स्वास्थ्य, सुरक्षा र दुर्घटना न्यूनिकरणमा समेत सकारात्मक प्रभाव पार्नेछ।”

उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र उपस्थिति जनाउने सम्पूर्ण स्थानीय बासिन्दा, समाजसेवी, युवाहरू र सशस्त्र प्रहरी बलका जवानहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तो अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech