ट्रेण्डिङ

कञ्चनपुर । भारतको प्रतिष्ठित समाचार संस्था अमर उजाला का अनुसार, उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगर जिल्लामा Highly Pathogenic Avian Influenza (H5N1) अर्थात् बर्डफ्लु रोगको संक्रमण पुष्टि भएको छ।

सीमावर्ती क्षेत्र भएकाले यस रोगको जोखिम नेपालमा समेत बढ्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्। चोरीछिपी भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिने सम्भावना रहेकाले विशेष गरी सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका कुखुरा पालक कृषकहरूलाई सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको हो।

पशु सेवा विज्ञका अनुसार H5N1 भाइरस अत्यन्त घातक र छिटो फैलिने खालको हुन्छ। यो रोग मानिसमा समेत सर्न सक्ने भएकाले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

यसै सन्दर्भमा, पशु सेवा विभागले सम्बन्धित जिल्लाका पशु सेवा केन्द्र, स्थानीय तहका पशु शाखा र सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा निगरानी कडा पार्न, अनधिकृत कुखुरा ओसारपसारमा रोक लगाउन र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech