ट्रेण्डिङ

दोधारा चाँदनी — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज दोधारा चाँदनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह र वडा नम्बर १०, कुतियाकबर क्षेत्रको स्थल अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उहाँसँग स्थानीय प्रतिनिधि, पार्टी कार्यकर्ता र व्यापारी तथा कृषकहरू सहभागी थिए। श्रेष्ठले परियोजनाको सम्भाव्यता, आवश्यक पूर्वाधार, र यसले स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावबारे प्रत्यक्ष जानकारी लिएका छन्।

“यो परियोजना दिगो रूपमा कार्यान्वयन भएमा यसले रोजगारी सिर्जना गर्नेछ, स्थानीय उत्पादनको बजार पहुँच बढाउनेछ र व्यापार प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ।” तर उनले आधारभूत पूर्वाधार — सडक, विद्युत, पानी र भण्डारण सुविधा — अभावमा योजना प्रभावकारी नहुने चेतावनी पनि दिए।
नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा भानु बहुमुखी क्याम्पसका अध्यक्ष भरत भट्टले भानु बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङिक क्याम्पसका रूपमा घोषित गर्न प्रस्ताव राखेका छन्
व्यापारीहरूले बन्दरगाह निर्माण भएपछि कृषिजन्य वस्तु र साना उद्योगका उत्पादन बजारमा सस्तो र छिटो पुगोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज इन्द्र रावतले भने वातावरणीय प्रभाव मूल्याङ्कन आवश्यक रहेको पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech