ट्रेण्डिङ

दोधारा चाँदनी, साउन २३ – दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देवी जोशीको नेतृत्वमा रणसिंह दलका प्रमुख क्याप्टेन साजन श्रेष्ठसहितको टोलीले विपद् पूर्वतयारी तथा उद्धार सामग्रीसम्बन्धी समन्वय र निरीक्षण गरेका छन्।

नगरपालिकाको विपद् शाखा प्रमुख अमृत बिकसहितको टोलीको सहभागितामा गरिएको उक्त निरीक्षणमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक तयारी, समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

उपप्रमुख जोशीले विपद्का अवस्थामा उद्धार तथा राहत कार्य शीघ्र र प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट सबै आवश्यक तयारी भइरहेको जानकारी दिँदै सम्बन्धित सुरक्षा निकायहरूसँग सहकार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, रणसिंह दलका प्रमुख क्याप्टेन श्रेष्ठले विपद् व्यवस्थापनमा नेपाली सेना सधैं अग्रसर रहेको र स्थानीय सरकारसँग सहकार्य गर्दै आपतकालीन अवस्था सामना गर्न आवश्यक साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech