ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर — पछिल्लो मौसम पूर्वानुमानका आधारमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाको कार्यालयद्वारा जारी गरिएको सूचनामा आज २०८२ साउन २० गते दिउँसो १:०० बजेपछि दोधारा चाँदनी क्षेत्रका विभिन्न स्थानहरूमा मूसलधारे वर्षा हुने सम्भावना रहेको जनाइएको छ। नेपाल सरकार, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार आगामी एक-दुई दिनमा भारी वर्षाको सम्भावना देखिएको हो।

त्यस्तै, भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाका बाँधहरू साउन २१ गते बिहान ६:०० बजे सम्म खोलिने जानकारी प्राप्त भएकोले महाकाली नदीमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने जोखिम रहेको जनाइएको छ। यस्तो अवस्थामा नदी किनार र तटीय क्षेत्रका बासिन्दाहरू विशेष सतर्क रहन नगरपालिकाले आग्रह गरेको छ।

महाकाली नदि,जोगबुडा नदि किनार क्षेत्र तथा नदी आसपासका वस्तीहरू उच्च जोखिममा पर्ने भएकाले सम्भावित जोखिम व्यवस्थापनका लागि पूर्वतयारी गर्न र आवश्यक सूचनाहरू समुदायमा समयमै प्रवाह गर्न नगर कार्यालयले सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech