ट्रेण्डिङ

दोधारा चाँदनी, साउन १८ — हिजो शनिबार कुखुरा पालन व्यवसायलाई थप व्यवस्थित र वैज्ञानिक ढंगले विस्तार गर्न उद्देश्यसाथ दोधारा चाँदनीमा किसान भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एम.डि.एच. फर्मास्युटिकल्स प्रा.लि.को आयोजनामा वडानं. २ को कार्यालय हलमा भएको कार्यक्रममा ४५ जना स्थानीय कुखुरा व्यवसायीहरू सहभागी भएका थिए।

कार्यक्रममा प्रशिक्षक राजु भट्टले कुखुराको दैनिक स्याहार–सुसारदेखि लिएर खुराक व्यवस्थापन, उमेरअनुसार आवश्यक पर्ने भिटामिन तथा खोपका प्रकार, जैविक सुरक्षा कायम राख्ने उपायहरूसम्मका विविध पक्षमा जानकारी प्रस्तुत गरे। सर्प, माकुरा, किरा जस्ता प्राकृतिक जोखिमबाट सुरक्षाका उपायहरूबारे पनि व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

यस्तै, भेटनरी विशेषज्ञ डा. राज कठायतले Biosecurity products, anthelmintics, antibiotics, coccidiostats, growth promoters, feed supplements, toxin binders लगायतका औषधि र उत्पादनहरूको परिचय र प्रयोग विधिबारे गहिरो प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम लागतमा उच्च उत्पादन ल्याउने रणनीतिमा पनि जोड दिइएको थियो। प्रशिक्षणको मुख्य समन्वय कैलपाल एग्रोभेटका सञ्चालक अर्जुन ठगुन्नाले गरेका थिए।

यस अवसरमा दोधारा चाँदनी नगरपालिकाको कृषि शाखा प्रमुख, भेटनरी डाक्टर , र स्थानीय भेटनरी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सहभागी किसानहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech