ट्रेण्डिङ

कञ्चनपुर, साउन १५ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ स्थित कञ्चंभोज क्षेत्रबाट सागुनका ९ काठका गोलिया बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको सुराकी टोलीले गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश ०२–००१ त–००४९ नम्बरको ट्र्याक्टर र ट्रलीसहित सागुनका ९ थान गोलिया बरामद गरेको हो।

बरामद गरिएको काठ, ट्र्याक्टर र ट्रलीलाई आवश्यक अनुसन्धानका लागि सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मझगाउँमा पठाइएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ।

स्थानीयवासीका अनुसार उक्त काठ भारतको सीमावर्ती क्षेत्र नगरा स्थित जंगलबाट तस्करी गरिएको हुन सक्ने आशंका गरिएको छ। कञ्चंभोजकै एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “बिगत केही दिनदेखि भारतको नगरा जंगलमा एक गिरोह सक्रिय देखिएको छ। त्यहाँबाट रातारात काठ काटेर नेपाल भित्र्याउने कार्य भइरहेको छ।”

जंगलमा काठ तस्करी बढेसँगै भारतीय सुरक्षा निकायले निगरानी कडा पारेको र त्यसको असर नेपाली सीमावर्ती बस्तीहरूमा परेको स्थानीयवासीको भनाइ छ। “सुरक्षा कडाईसँगै तस्करहरू नयाँ बाटो खोज्न थालेका छन्, जसको मारमा हामी परेका छौं,” ती स्थानीयले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ। काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech