ट्रेण्डिङ

ताजा अपडेट

दोधारा चाँदनी। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सन्तोष शर्माप्रति कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। खेलकुद क्षेत्रमा बजेट विनियोजन नभएको विषयदेखि मन्त्रीको कार्यशैलीसम्म प्रश्न उठेपछि स्थानीय राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ।

दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले सामाजिक सञ्जालमार्फत मन्त्री शर्माले नगरपालिकाको खेलकुद क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। विगतका आर्थिक वर्षमा प्रदेश सरकारबाट खेलकुद क्षेत्रमा बजेट आउने गरेको उल्लेख गर्दै उनले यसपटक नगरपालिकालाई प्राथमिकतामा नराखिएको आरोप लगाएका छन्।

बस्नेतले मन्त्री शर्मालाई पार्टीबाट फिर्ता बोलाउनसमेत माग गरेका छन्। साथै, मन्त्री दोधारा चाँदनी वा महेन्द्रनगर आउने कार्यक्रममा विरोध गर्ने चेतावनी दिँदै नगरको समग्र विकासका लागि निरन्तर आवाज उठाउने बताएका छन्।

बस्नेतको अभिव्यक्तिमा सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि समर्थन जनाएका छन्। खेलकुद क्षेत्रमा नगरपालिकाको योगदान र आवश्यकतालाई प्रदेश सरकारले पर्याप्त प्राथमिकता नदिएको भन्दै स्थानीय खेलप्रेमी तथा एमाले कार्यकर्तामाझ असन्तुष्टि देखिएको छ।

यसैबीच, दोधारा चाँदनी नगरपालिका–८ का वडाध्यक्ष ओमप्रकाश रोकायाले पनि सामाजिक सञ्जालमार्फत मन्त्री शर्माको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

रोकायाले लेखेका छन्, “सुदूरपश्चिम प्रदेश सरकारमा यस्ता मन्त्री पनि छन्, जसलाई चिठी दियो भने दर्ताका लागि तोक पनि लगाउन आउँदैन। अब बढी के भन्ने? यस्ता मन्त्रीले गर्दा पार्टी कहाँ पुगायो, अझै बनाऔँ यस्तालाई मन्त्री।”

रोकायाको अभिव्यक्तिले मन्त्रीको कार्यशैलीप्रति उनको असन्तुष्टि देखाएको छ। यद्यपि, उनले उल्लेख गरेको पत्र दर्ता तथा तोक लगाउने घटनाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

खेलकुद क्षेत्रमा बजेट विनियोजन नभएको विषयमा वडाध्यक्ष बस्नेतले असन्तुष्टि जनाइरहेका बेला रोकायाले पनि मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। दुवै जना नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

दोधारा चाँदनीका खेलकुद तथा विकाससम्बन्धी आवश्यकताका विषयमा प्रदेश सरकारको बजेटले कस्तो प्राथमिकता दिएको छ भन्ने प्रश्नसँगै मन्त्री शर्माप्रति आफ्नै पार्टीका जनप्रतिनिधिले व्यक्त गरेको असन्तुष्टि पनि चर्चामा आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech