ट्रेण्डिङ

कञ्चनपुर —
गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्तीहरूलाई बाढीको जोखिमबाट जोगाउन नेपाली सेनालाई बाँध निर्माणको जिम्मा दिइएको बताएका छन्। आइतबार भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको अनुगमन गर्दै उनले वर्षा सुरु हुनुअघि नै बाँध निर्माण सम्पन्न गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको जानकारी दिए।

गृहमन्त्री लेखकले भने, “महाकाली किनारका बस्ती वर्षौंदेखि बाढीको जोखिममा छन्। ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँग समन्वय गरेर विशेष निर्णयमार्फत काम अगाडि बढाएको हो।”

उनले बाँध निर्माणमा अब बजेट अभावका कारण रोकावट नआउने स्पष्ट पार्दै भने, “बस्ती जोगाउन सरकारले आवश्यक सबै बजेटको व्यवस्था गर्छ।”

गत वर्ष महाकालीको बाढीले २६० मिटर बाँध भत्काएपछि नदीको धार बस्तीतर्फ मोडिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बस्तीहरू थप जोखिममा परेपछि सरकारले सो क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

गृहमन्त्री लेखकले नदीले चारलेन पुल र बस्तीलाई समेत जोखिममा पारेको जनाउँदै स्थायी समाधानका लागि गुणस्तरीय र समयमै काम सम्पन्न गर्न निर्माण टोलीलाई निर्देशनसमेत दिए।

उनका अनुसार जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनालाई एक महिनाभित्र बाँध निर्माण सम्पन्न गर्ने जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech