ट्रेण्डिङ

कञ्चनपुर, जेठ ३१
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको पहल र सक्रियतामा भारत सरकारबाट अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले उपहारस्वरूप प्रदान गरेको यो एम्बुलेन्स औपचारिक रूपमा काठमाडौंस्थित भारतीय दूतावास परिसरमा आयोजित विशेष समारोहमा नगरप्रमुख लिम्बुलाई हस्तान्तरण गरिएको हो। भारतीय पक्षका प्रतिनिधिले उनलाई सांकेतिक चाबी हस्तान्तरण गर्दै एम्बुलेन्स प्रदान गरेका थिए।

नगरप्रमुख लिम्बुको नेतृत्वमा पछिल्ला वर्षहरूमा नगरमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुँदै आएको छ। विशेषतः सीमावर्ती क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न उनका विभिन्न प्रयासहरू सफल हुँदै गएका छन्।

समारोहमा उपस्थित भारतीय दूतावासका अधिकारी, स्थानीय सरकारका प्रतिनिधि र नेपाल सरकारका पदाधिकारीहरूले लिम्बुको नेतृत्वमा भइरहेको प्रगतिलाई सकारात्मक रूपमा लिएका थिए।

एम्बुलेन्स प्राप्त भएपछि नगरप्रमुख लिम्बुले भने, “यो सेवा केवल एउटा सवारी साधन होइन, नगरवासीको जीवन रक्षा गर्ने एउटा भरोसायुक्त साधन हो। भारत सरकारलाई धन्यवाद दिन्छु, र म वचन दिन्छु—यसको उपयोग गरि एक जनाको पनि ज्यान बचाउन सकेँ भने मेरो पद सफल हुनेछ।”

उक्त एम्बुलेन्सबाट नगरका दुर्गम क्षेत्र, विपद् प्रभावित बस्ती र आपतकालीन अवस्थाका बिरामीलाई सहज सेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech