ट्रेण्डिङ

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दलाई लछारपछार गर्दैै कुटपिट गरिएको भिडियो सामाजिक सञ्जामाल भाइरल भएको छ ।

केही दिन अघि प्रहरी चौकी अगाडि चन्दमाथि स्थानीयको समूहलेले हातपात र कुटपिट गरेको भिडियोमा देखिएको छ । असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरी फलामको खम्बा बाँध्ने प्रयास समेत गरि रहेको भिडियोमा देखिएको छ ।

भारतीय सीमावर्ती सहरबाट मलखाद बोकेर ल्याएकी स्थानीय महिलासित विवादपछि स्थानीय असई चन्दमाथि हातपात र कुटपिट गरेका छन् ।

असईमाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज नेतृत्वको टोली पहुँच आएको थियो । प्रहरी टोलीले असई र कुटपिटमा संलग्न स्थानीयबीच छलफल गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी सागर बोहराले कुटपिटमा संलग्न विरुद्ध कानुनी कारबाही गरिएको बताए ।

उनले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको पनि बताए। ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech