ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर — जलवायु परिवर्तनका प्रभावबारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले तीन दिने कार्यशाला सुरु गरेको छ। कार्यशालाको आयोजना विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतको समता आधारित अनुदान (Equity Grant) को सहयोगमा गरिएको हो।

कार्यशालाको उद्देश्यबारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरूको प्रभावकारी सहभागिता आवश्यक भएकाले यो कार्यशालाको आयोजना गरिएको बताए। “सामुदायिक क्याम्पस भएकाले यस क्षेत्रमा क्याम्पसको जिम्मेवारी र भूमिका झनै महत्वपूर्ण छ,” चन्दले भने।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बेल बहादुर राना मगरले दोधारा चाँदनी क्षेत्र महाकाली र जोगबुढा नदीले घेरिएको भूभाग भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै जलवायु परिवर्तनका प्रभाव तीव्र रूपमा देखिन थालेको वर्तमान अवस्थामा यस्ता कार्यशालाबाट प्राप्त ज्ञान व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष भरत दत्त भट्टले जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका स्थानीय समुदायलाई सुरक्षित गर्न चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए। उनले यस्ता कार्यक्रमहरूले दीर्घकालीन समाधानको बाटो खोल्ने विश्वास व्यक्त गरे।

कार्यशालामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, जलवायु परिवर्तनको असर र अनुकूलन अभ्यास, पूर्वसूचना प्रणाली र सामुदायिक अग्रिम प्रतिकार्य लगायतका विषयमा प्रशिक्षण दिइनेछ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) का पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्ट, भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावल, तथा दोधारा चाँदनी नगरपालिकाका पूर्व विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले कार्यशालामा सहजीकरण गरिरहेका छन्। यस्तै, कञ्चनपुरमा बाढी तथा पहिरो व्यवस्थापनसम्बन्धी सत्रमा सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले प्रशिक्षण दिइरहेका छन्।

कार्यशालाको उद्घाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका पूर्व उपमेयर चिनी गिरी, वडा नम्बर ६ का वडाध्यक्ष ओम बस्नेत, र क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष राजिव खड्काले समेत आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यशालामा विद्यार्थी, प्राध्यापक, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech